विद्युत् व्यवस्थापन गर्न नसकेको प्राधिकरणको स्वीकार, नदीमा छिट्टै बहाव बढ्ने आस
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत व्यवस्थापनको तत्कालको अवस्थाबारे जानकारी गराएको छ । प्राधिकरणले बुधबार एक सुचना जारी गर्दै नेपालको अहिलेको उर्जा अवस्था र विद्युत व्यवस्थापन सार्वजनिक चासोको विषय भएकोले उक्त जानकारी गराएको हो ।
नेपालको नदीनालामा बहाव छिट्टै बढ्ने एवं भारतबाट पनि विद्युत आपुर्ति बढ्ने अवस्था रहेकोले हाल देखिएको समस्या छिट्टै समाधान हुने प्राधिकरणको विश्वास छ ।
सुख्खा मौसममा नदिनालाको बहाव कम भएकोले जलाशय र सौर्य उर्जा सहित आन्तरिक उत्पादन औसत १ हजार १७५ मेगावाट रहेको प्राधिकरणद्धारा जारी सुचनामा उल्लेख छ ।
‘हालको उच्च माग (पिक लोड) २ हजार ७७ मेगावाट र सो समयामा अधिकतम उत्पादन १ हजार ५९३ मेगावाट रहेको छ,सुचनामा भनिएको छ,नपुग विद्युत भारतबाट आयात गरी आपुर्ति गर्ने गरिएको छ । गर्मीयाम सुरु भएसँगै भारतमा अत्याधिक बढेको विद्युत मागको कारण नेपालले चाहेजति विद्युत किन्न पाएको छैन ।’
नेपालले छिमेकी मुलुक भारतबाट पिइसी मार्फत बेलुका ६ बजे देखि विहान ६ः०० बजे सम्म १३२ के.भि लाइन मार्फत अधिकतमा ३५० मेगावाट विद्युत आपुर्ति गर्ने अनुमति पाएकोमा हाल मैनैया सम्पतिया लाइनबाट विहान २ देखि ६ र बेलुका ६ देखि ७ गरी जम्मा ५० मेगावाट मात्र विद्युत आपुर्ति भइरहेको छ ।
भारतमा आइपिएल खेल जारी रहदा माग बढेकोले आइइएक्सको दररेट पिइसीको दररेट भन्दा बढी भएकोले विहारसंग जोडिएका १३२ के.भि लाइनबाट अधिकतम प्रयास गर्दा समेत विद्युत प्राप्त हुन नसकेको प्राधिकरणद्धारा जारी सुचनामा भनिएको छ ।
उल्लेखित कारणले विद्युत व्यवस्थापनमा केही कठिनाइ देखिएको र औद्योगिक क्षेत्रमा केही समय आशिंक लोड दिइने गरेको भएता पनि माग र आपुर्तिको व्यवस्थापनमा अधिकतम प्रयास गरिएको प्राधिकरणको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण