ओभरटेक गर्ने क्रममा बस दुर्घटना, १३ जना घाइते
बिहीबार, ११ वैशाख २०८२, ०९ : १७

कैलाली । काठमाडौँबाट बझाङतर्फ जाँदै गरेको बस कैलालीमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–२ स्थित सडक खण्डमा बिहीबार बिहान सुप–प्र ०१००१ ख ३३८५ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो।
बसले सुप–प्र ०१००२ त ४६४० नम्बरको ट्र्याक्टरलाई ओभरटेक गर्ने क्रममा सन्तुलन गुमाउँदा दुर्घटना भएको प्रहरीको भनाई छ । दुर्घटनामा घाइते भएका १३ जनाको स्थानीय निशर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन