माओवादीको तराई मधेस जागरण अभियान १७ गते महेन्द्रनगरमा समापन हुने
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान वैशाख १७ गते समापन हुने भएको छ । फागुन १२ गते झापाको कचनकवल गाउँपालिकाको बनियानीबाट अभियान सुरु भएको थियो ।
अभियानकै क्रममा राजावादीहरू सडकमा सक्रिय भएपछि माओवादीले अभियान बिच बिचमा स्थगित गरेको थियो । लुम्बिनी प्रदेशका जिल्लाहरूको अभियान सम्पन्न गरी वैशाख १५ गते सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा प्रवेश गर्ने उपमहासचिव तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज गिरिराजमणि पोखरेलले जानकारी दिए ।
पोखरेलका अनुसार अभियान वैशाख १७ गते कञ्चनपुरको महेन्द्रनगरमा समापन हुनेछ । पोखरेलले अभियन्ताहरूलाई कैलाली प्रवेशसँगै कर्णाली नदीमा अवस्थित सतीघाटमा भव्य स्वागत गरिनेछ बताए । जनताका बिचमा बस्ने, सहिद परिवार ,घाइते र जीवनका विभिन्न क्षेत्रका गरिब उत्पीडित समुदायसँग भेटघाट र जनसमुदायसँग संवाद गरिने कार्यक्रम रहेको छ ।
यसक्रममा बिहानको मर्निङवाक, दिनमा कोणसभा, सामाजिक, आर्थिक र राजनीतिक जीवनका व्यक्तित्व र प्रतिनिधिसँग साना ठुला अन्तरक्रिया हुने उनले बताए । अभियानलाई सफल बनाउन सुदूरपश्चिमका सबैमा पोखरेलले आग्रह गरेका छन् ।
समापन समारोहमा अध्यक्ष प्रचण्ड ,वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नि सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ लगायतका नेताहरू सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
५ हजार डलरभन्दा बढी बोक्दा भन्सार घोषणा अनिवार्य
-
चिनियाँ कम्पनी मुनशट एआईले एन्थ्रोपिकको प्रविधि चोरी गरेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण