सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय
राजनीति

माओवादीको तराई मधेस जागरण अभियान १७ गते महेन्द्रनगरमा समापन हुने

बिहीबार, ११ वैशाख २०८२, १० : ५९
बिहीबार, ११ वैशाख २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान वैशाख १७ गते समापन हुने भएको छ । फागुन १२ गते झापाको कचनकवल गाउँपालिकाको बनियानीबाट अभियान सुरु भएको थियो ।

अभियानकै क्रममा राजावादीहरू सडकमा सक्रिय भएपछि माओवादीले अभियान बिच बिचमा स्थगित गरेको थियो । लुम्बिनी प्रदेशका जिल्लाहरूको अभियान सम्पन्न गरी वैशाख १५ गते सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा प्रवेश गर्ने उपमहासचिव तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज गिरिराजमणि पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार अभियान वैशाख १७ गते कञ्चनपुरको महेन्द्रनगरमा समापन हुनेछ ।   पोखरेलले अभियन्ताहरूलाई कैलाली प्रवेशसँगै कर्णाली नदीमा अवस्थित सतीघाटमा भव्य स्वागत गरिनेछ बताए ।  जनताका बिचमा बस्ने, सहिद परिवार ,घाइते र जीवनका विभिन्न क्षेत्रका गरिब उत्पीडित समुदायसँग भेटघाट  र जनसमुदायसँग संवाद गरिने कार्यक्रम रहेको छ ।

यसक्रममा बिहानको मर्निङवाक, दिनमा कोणसभा, सामाजिक, आर्थिक र राजनीतिक जीवनका व्यक्तित्व र प्रतिनिधिसँग साना ठुला अन्तरक्रिया हुने उनले बताए । अभियानलाई सफल बनाउन सुदूरपश्चिमका सबैमा पोखरेलले आग्रह गरेका छन् । 

समापन समारोहमा अध्यक्ष प्रचण्ड ,वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नि सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ लगायतका नेताहरू सहभागी हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप