एमालेमा लाग्दा भड्काउने प्रयास भयो : सुनिता डंगोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले आफू एमालेमा लाग्दा भड्काउने प्रयास भएको बताएकी छन् । बिहीबार काठमाडौँको भृकुटी मण्डपमा आयोजित पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रममा बोल्दै डङ्गोलले यस्तो बताएकी हुन् ।
‘उमेरले मात्र युवा हुँदोरहेनछ । हामी निरन्तर अध्ययनशील हुन्छौ र सत्यका पछि उभिइरहनेछौ’, उनले भनिन्, ‘जब म नेकपा एमालेमा आबद्ध हुने निर्णय गरेँ धेरैले मलाई निरुत्साहित पनि गर्नुभयो र यो पार्टीमा युवाको ठाउँ छैन । जीवन बिगार्यौ ।’
उनले बेकारमा पार्टीमा गएर जीवन बिगारेको र भ्रम छर्दै भड्काउने प्रयास भएको बताइन् । जवाफमा उनले इतिहास बुझेको र अध्ययन गरेको भन्दै एमालेले सरकारमा गएका बेला राष्ट्र विकास गरेको भन्दै आफू एमालेमै लाग्ने निर्णय गरेको बताइन् ।
साथै उनले मेयर बालेन शाहप्रति लक्षित गर्दै एमालेले कसैको घर जलाउन नसिकाउने बताइन् ।
‘एमालेले कसैको घर जलाउन सिकाउँदैन । लुटपाट गर्न युवा प्रयोग गर्दैन र राष्ट्रको काम गर्न प्रेरित गरिरहन्छ’, उनले भनिन्, ‘सोसल मिडियामा भाँडभैलो गरेर उग्र बन्न एमालेले सिकाउँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा