एमालेमा लाग्दा भड्काउने प्रयास भयो : सुनिता डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले आफू एमालेमा लाग्दा भड्काउने प्रयास भएको बताएकी छन् । बिहीबार काठमाडौँको भृकुटी मण्डपमा आयोजित पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रममा बोल्दै डङ्गोलले यस्तो बताएकी हुन् ।
‘उमेरले मात्र युवा हुँदोरहेनछ । हामी निरन्तर अध्ययनशील हुन्छौ र सत्यका पछि उभिइरहनेछौ’, उनले भनिन्, ‘जब म नेकपा एमालेमा आबद्ध हुने निर्णय गरेँ धेरैले मलाई निरुत्साहित पनि गर्नुभयो र यो पार्टीमा युवाको ठाउँ छैन । जीवन बिगार्यौ ।’
उनले बेकारमा पार्टीमा गएर जीवन बिगारेको र भ्रम छर्दै भड्काउने प्रयास भएको बताइन् । जवाफमा उनले इतिहास बुझेको र अध्ययन गरेको भन्दै एमालेले सरकारमा गएका बेला राष्ट्र विकास गरेको भन्दै आफू एमालेमै लाग्ने निर्णय गरेको बताइन् ।
साथै उनले मेयर बालेन शाहप्रति लक्षित गर्दै एमालेले कसैको घर जलाउन नसिकाउने बताइन् ।
‘एमालेले कसैको घर जलाउन सिकाउँदैन । लुटपाट गर्न युवा प्रयोग गर्दैन र राष्ट्रको काम गर्न प्रेरित गरिरहन्छ’, उनले भनिन्, ‘सोसल मिडियामा भाँडभैलो गरेर उग्र बन्न एमालेले सिकाउँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर जितेकी पहिलो मोडल डली बनिन् ‘मिसेस नेपाल युनिभर्स २०२६’
-
‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
-
भूकम्पपछि उद्धार गरिएका सयौँ घरपालुवा जनावर आफ्ना परिवार खोज्दै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण