राजावादीलाई प्रधानमन्त्रीको कटाक्ष : कुन तानाशाह ल्याउन खोजेको ?
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजा र राजसंस्थाको माग गर्नेहरुलाई राक्षसी प्रवृत्ति देखाएको भन्दै कटाक्ष गरेका छन् ।
लोकतन्त्र दिवसको अवसरमा विहीबार भृकुटीमण्डपमा पार्टीले आयोजना गरेको युथ सेलिब्रेसनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यक्तिका घरमा आगजनी गर्ने, पार्टीका कार्यालय, व्यपारिक प्रतिष्ठान, सञ्चारगृह तोडफोड गरेर कस्तो तानाशाही ल्याउन खोजेको भन्ने देखिएको बताए ।
साथै उनले लोकतन्त्र नमान्ने, जनताको अभिमतको अपमान गर्ने, संघर्षको अपमान गर्ने काम भएकोमा आाक्रोश व्यक्त गरे ।
उनले भने, ‘जंगली होइन, राक्षसी प्रवृत्ति देखाएर फेरि जनतामाथि कस्तो शासन थोप्न खोजेका छन् ? कुन तानाशाही ल्याउन खोजेका छन् भन्ने स्पष्ट देखाएको छ ।’ त्यस्तै उनले युवाहरूले देखिने, सुनिने, बुझिने गरी त्यस्ता प्रवृत्तिलाई अस्वीकार गर्न आँट गर्न आग्रह गरे । ‘र, यस्ता कुरालाई अस्वीकार गर्दै देशको संविधान, लोकतन्त्रको रक्षा गर्ने काम गर्नुपर्दछ,’, ओलीको भनाइ छ ।
उनले अब युवाले देशलाई अघि बढाउनुपर्ने पनि बताए । ‘युवा साथीहरूलाई भन्न चाहन्छु, अब तपाईंहरूले देशलाई अघि बढाउनुपर्नेछ, देश कस्तो बनाउने ? जन्मिँदै श्रेष्ठताको कुनै वैधानिक आधार नभएको पाखण्डी सिद्धान्त कुल घरानका आधारमा, जन्मका आधारमा श्रेष्ठता भनेर चलाइने अवैज्ञानिक एउटा पाखण्डी सिद्धान्तका आधारमा शासन गर्न खोज्ने सामन्ती युगलाई फेरि फर्काउने आवाज पनि कताकता सुनिन थालेको छ’, उनले भने, ‘केही तत्त्वले मानिसहरूमार्फत युवा आफ्नो साथमा रहेको बताएर भ्रम छर्ने प्रयास भइरहको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण