रातोपाटीकर्मी तेजेन्द्र केसीलाई १ लाख नगदसहित उत्कृष्ट पत्रकारिता पुरस्कार

बुटवल । रातोपाटीकर्मी तेजेन्द्र केसीले 'उत्कृष्ट पत्रकारिता पुरस्कार' प्राप्त गरेका छन् ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा स्थापना गरेको उक्त पुरस्कार केसीले प्राप्त गरेका हुन् ।
उनलाई बिहीबार नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निमर्ला शर्मा र बुटवलमा उपमहानगरपालिका मेयर खेलराज पाण्डेयले नगद १ लाख रुपैयाँसहित पुरस्कृत गरे ।
उक्त पुरस्कार प्रत्येक वर्ष रुपन्देही बसेर खोजमूलक समाचार लेख्ने एक जना पत्रकारलाई प्रदान गर्ने गरिन्छ ।
रातोपाटी अनलाइन लुम्बिनी प्रदेश संयोजक रहेका केसी बुटवलमा बसेर विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् ।
यस्तै सूर्यप्रसाद विकास पत्रकारिता पुरस्कारबाट कान्तिपुर टीभीमा कार्यरत अमृता अनमोल र नेपाल प्रेस अनलाइनमा कार्यरत आरपी आचार्यलाई जनही ५० हजार रुपैयाँ राशिले पुरस्कृत गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
-
जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ
-
नेपाली राष्ट्रिय क्रिकेट टोली लन्डनमा, विश्वकप लिग-२ सिरिजमा भिड्दै
-
किशोरीमाथि जबरजस्ती करणी गर्ने पक्राउ
-
दक्षिणी गाजा सहरमा रातभर हवाई आक्रमण, ५४ जनाको मृत्यु