रातोपाटीकर्मी तेजेन्द्र केसीलाई १ लाख नगदसहित उत्कृष्ट पत्रकारिता पुरस्कार
बुटवल । रातोपाटीकर्मी तेजेन्द्र केसीले 'उत्कृष्ट पत्रकारिता पुरस्कार' प्राप्त गरेका छन् ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा स्थापना गरेको उक्त पुरस्कार केसीले प्राप्त गरेका हुन् ।
उनलाई बिहीबार नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निमर्ला शर्मा र बुटवलमा उपमहानगरपालिका मेयर खेलराज पाण्डेयले नगद १ लाख रुपैयाँसहित पुरस्कृत गरे ।
उक्त पुरस्कार प्रत्येक वर्ष रुपन्देही बसेर खोजमूलक समाचार लेख्ने एक जना पत्रकारलाई प्रदान गर्ने गरिन्छ ।
रातोपाटी अनलाइन लुम्बिनी प्रदेश संयोजक रहेका केसी बुटवलमा बसेर विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् ।
यस्तै सूर्यप्रसाद विकास पत्रकारिता पुरस्कारबाट कान्तिपुर टीभीमा कार्यरत अमृता अनमोल र नेपाल प्रेस अनलाइनमा कार्यरत आरपी आचार्यलाई जनही ५० हजार रुपैयाँ राशिले पुरस्कृत गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उडान सुरक्षाको यथार्थ र प्राधिकरण विभाजनको राजनीतिक अर्थशास्त्र
-
बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
-
युद्ध अन्त्य गर्ने सम्झौता अमेरिकाको हार : इरानी पत्रपत्रिका
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण