क्यानेडियन प्रतिद्वन्द्वीसँग हार्यो मेस्सी आबद्ध इन्टर मियामी

काठमाडौँ । अर्जेन्टिनी स्टार लियोनल मेस्सी आबद्ध अमेरिकी क्लब इन्टर मियामी कनकाकाफ च्याम्पियन्स कप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलको पहिलो लेग खेलमा पराजित भएको छ । सेमिफाइनलको पहिलो लेग खेलमा भानकुभर ह्वाइटक्याप्सले इन्टर मियामीलाई २–० गोलले हरायो ।
उक्त खेल शुक्रबार विहान भानकुभर ह्वाइटक्याप्सको घरेलु मैदानमा खेलिएको थियो । खेलको प्रारम्भदेखि नै क्यानेडियन क्लबले इन्टर मियामीलाई दबाबमा राखेको थियो । भानकुभरले खेलको दुबै हाफमा एक–एक गोल गर्यो ।
खेल सुरु भएको २४औँ मिनेटमा भानकुभर ह्वाइटक्याप्सका लागि ब्रायन ह्वाइटले पहिलो गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा भानकुभर अगाडि रह्यो । निर्धारित समयको खेल सकिनुभन्दा पाँच मिनेटअघि भानकुभरका लागि सेबास्टियन बेरहल्टरले दोस्रो गोल थपेका थिए ।
खेलमा इन्टर मियामीका खेलाडीले ६९ प्रतिशत समय आफ्नो खुट्टामा बल नचाएका थिए । मेस्सी र लुइस स्वारेजले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । तर, गोल भने हुन सकेन ।
पहिलो लेग खेलमा पराजित भएपछि इन्टर मियामी दबाबमा परेको छ । अब सेमिफाइनलको दोस्रो लेग खेल इन्टर मियामीको घरेलु मैदानमा अप्रिल ३० तारिखमा खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सत्ता संयन्त्र तोड्नुपर्छ : शेखर कोइराला
-
एनआरएनएको एकता महाधिवेशन : नेतृत्व चयन सहमति कि चुनावबाट ?
-
किशोर–किशोरीको सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’
-
डा. निर्मला पोखरेललाई प्रश्न : संस्कारहरू किन महँगा भए ?
-
स्वास्थ्य बिमा बोर्डको भुक्तानी क्षमता बढाउन अस्थायी जनशक्ति थपिने
-
हामीलाई नेपाली नागरिकताको निरन्तरता चाहिन्छ : ब्रिटिस गोर्खा