क्यानेडियन प्रतिद्वन्द्वीसँग हार्यो मेस्सी आबद्ध इन्टर मियामी
काठमाडौँ । अर्जेन्टिनी स्टार लियोनल मेस्सी आबद्ध अमेरिकी क्लब इन्टर मियामी कनकाकाफ च्याम्पियन्स कप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलको पहिलो लेग खेलमा पराजित भएको छ । सेमिफाइनलको पहिलो लेग खेलमा भानकुभर ह्वाइटक्याप्सले इन्टर मियामीलाई २–० गोलले हरायो ।
उक्त खेल शुक्रबार विहान भानकुभर ह्वाइटक्याप्सको घरेलु मैदानमा खेलिएको थियो । खेलको प्रारम्भदेखि नै क्यानेडियन क्लबले इन्टर मियामीलाई दबाबमा राखेको थियो । भानकुभरले खेलको दुबै हाफमा एक–एक गोल गर्यो ।
खेल सुरु भएको २४औँ मिनेटमा भानकुभर ह्वाइटक्याप्सका लागि ब्रायन ह्वाइटले पहिलो गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा भानकुभर अगाडि रह्यो । निर्धारित समयको खेल सकिनुभन्दा पाँच मिनेटअघि भानकुभरका लागि सेबास्टियन बेरहल्टरले दोस्रो गोल थपेका थिए ।
खेलमा इन्टर मियामीका खेलाडीले ६९ प्रतिशत समय आफ्नो खुट्टामा बल नचाएका थिए । मेस्सी र लुइस स्वारेजले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । तर, गोल भने हुन सकेन ।
पहिलो लेग खेलमा पराजित भएपछि इन्टर मियामी दबाबमा परेको छ । अब सेमिफाइनलको दोस्रो लेग खेल इन्टर मियामीको घरेलु मैदानमा अप्रिल ३० तारिखमा खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
-
चीनलाई विश्वकप चाहिँदैन, उसँग आफ्नै ‘भिलेज सुपर लिग’ छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण