संसद् बैठक
संसद्मा प्रधानमन्त्रीले आज गर्ने भनेको सम्बोधन स्थगित
शुक्रबार, १२ वैशाख २०८२, ११ : ३२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्लाई गर्ने भनेको सम्बोधन स्थगित भएको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले आज संसद्मा गर्ने भनेको सम्बोधन स्थगित भएको जानकारी दिए ।
बर्तौलाका अनुसार विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसमेत आजको संसद्मा अनुपस्थित हुने भएपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको हो ।
‘प्रधानमन्त्री संसद्मा बोल्दा सामान्यतया विपक्षी दलसहित सबै प्रमुख दलका नेताहरू सहभागी हुने प्रचलन छ’, बर्तौलाले भने, ‘तर आज विपक्षी दलका नेता बाहिर भएकाले संसद्मा उपस्थित हुन नसक्ने भएपछि अरू कुनै दिन सम्बोधन गर्ने गरी स्थगित भएको छ ।’
संसद्को बजेट अधिवेशन आज १ बजे सुरु हुँदैछ । बजेट अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिथिला संस्कार र संस्कृतिमा बढ्दो तमकझमक
-
जलवायु परिवर्तनले हुने हानी, नोक्सानीको क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रियालाई सहज बनाऔँ : विज्ञहरू
-
रामायणले नेपाली समाजलाई जोड्ने काम गर्यो : शिक्षामन्त्री पन्त
-
सगरमाथा संवाद विश्वका लागि प्रेरणादायक उदाहरण : युएनडीपी उपाध्यक्ष
-
अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित : ट्रम्प
-
दासढुङ्गामा मदन–आश्रित स्मृतिसभा