सरकारले आन्दोलनरत शिक्षकरूलाई वार्तामा बोलायो
शुक्रबार, १२ वैशाख २०८२, २० : २२
काठमाडौँ । गत चैत्र २० गतेदेखि शिक्षा ऐन जारी लगायतका माग राखेर काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुलाई सरकारले पुन: वार्तामा बोलाएको छ ।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरुलाई वार्तामा आउन आह्वान गरेको हो । मन्त्रालयका अनुसार शनिबार विहान ७:३० बजे छलफल गर्न बोलाइएको हो ।
वार्ता र संवादका माध्यमबाट आन्दोलनरत शिक्षकका समस्या समाधान गर्न शुक्रबार पनि नेपाल शिक्षक महासंघलाई पत्राचार भएपनि कारणवस आज भेटघाट र छलफल हुन सकेन ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण