बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
मौसम पूर्वानुमान

देशभर मनसुनी वायुको प्रभाव : यी क्षेत्रमा भारी वर्षाको सम्भावना

बिहीबार, १८ असार २०८३, ०५ : ४४
बिहीबार, १८ असार २०८३

सारांश

  • हाल देशभर मनसुनी वायुको प्रभावले सामान्य बदली भई केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।
  • बिहीबार हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन, चट्याङसहितको वर्षा र हिमपातको सम्भावना छ ।
  • बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर साधारणतया बादल लागेको छ । 

हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका साथै देशको पहाडी भू-भागका केही स्थानमा तथा कोशी, मधेस र बागमती प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ । 

बिहीबार देशको हिमाली र पहाडी भू-भागको केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशको तराई भू-भागका पनि केही स्थानमा, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

मधेस प्रदेश र कोशी प्रदेश तराईको एक-दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप