बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

अमेरिका र बोस्नियाबिचको खेल सुरु

बिहीबार, १८ असार २०८३, ०५ : ४३
बिहीबार, १८ असार २०८३

सारांश

  • विश्वकप २०२८ को सह-आयोजक अमेरिकाले नकआउट चरणमा बोस्निया एन्ड हर्जगोभिनाको सामना गर्दैछ।
  • समूह 'डी' को विजेता बन्दै अमेरिका यहाँसम्म आइपुगेको हो भने बोस्नियाले उत्कृष्ट तेस्रो स्थान हासिल गर्दै इतिहास रच्यो।
  • अमेरिकाले समूह चरणमा सानदार जित निकालेको थियो भने बोस्नियाको यात्रा उतारचढावले भरिएको थियो।

सान फ्रान्सिस्को । विश्वकप २०२८ को सह-आयोजक अमेरिकाले नकआउट चरणमा आफ्नो बलियो उपस्थिति देखाउने लक्ष्यसहित बोस्निया एन्ड हर्जगोभिनाको सामना गर्दैछ।

यो खेल सान फ्रान्सिस्को बे एरिया स्टेडियममा हुँदैछ, जहाँ अमेरिकी टोलीले घरेलु दर्शक र मैदानको भरपुर फाइदा उठाउने दाउ हेरेको छ।

प्रशिक्षक मौरिसियो पोचेटिनोको नेतृत्वमा रहेको ऊर्जावान् अमेरिकी टोली समूह 'डी' को विजेता बन्दै यहाँसम्म आइपुगेको हो। समूह चरणको अन्तिम खेलमा केही कमजोरी देखिए पनि समग्रमा अमेरिकाले आक्रामक र उत्कृष्ट खेल प्रदर्शन गरेको छ।

अर्कोतर्फ, सर्गेज बारबारेजको कप्तानी र प्रशिक्षणमा रहेको बोस्निया एन्ड हर्जगोभिनाले उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीको रूपमा अन्तिम ३२ मा पुगेर पहिलो पटक इतिहास रचिसकेको छ। सह-आयोजक हुनुको नाताले अमेरिकामाथि घरेलु दर्शकको ठुलो दबाब र अपेक्षा छ। तर नकआउट चरणको खेल एकै खेलबाट निर्णय हुने भएकाले ‘ड्रागन्स’ उपनामले चिनिने बोस्नियाली टोली अमेरिकाको योजना बिगार्दै आफ्नो ऐतिहासिक यात्रालाई अझ अघि बढाउने दाउमा छ।

यो निर्णायक मोडसम्म आइपुग्न दुवै टोलीले निकै सङ्घर्ष गरेका छन्। अमेरिकाले समूह 'डी' मा पाराग्वेलाई ४-० को फराकिलो अन्तरले हराएर सानदार सुरुवात गरेको थियो भने दोस्रो खेलमा अस्ट्रेलियामाथि २-० को महत्त्वपूर्ण जित दर्ता गर्‍यो। अन्तिम खेलमा टर्कीसँग ३-२ को रोमाञ्चक पराजय भोगे पनि ६ अङ्कसहित अमेरिका समूह विजेता बनिसकेको थियो। यसले अमेरिकी टोलीसँग विपक्षीको रक्षापंक्ति भत्काउन सक्ने बलियो आक्रमण पंक्ति छ भन्ने प्रमाणित गर्छ।

यता बोस्निया एन्ड हर्जगोभिनाको यात्रा भने निकै उतारचढावले भरिएको छ। समूह 'बी' को पहिलो खेलमा क्यानडासँग १-१ को बराबरी खेलेको बोस्निया दोस्रो खेलमा स्विट्जरल्यान्डसँग ४-१ को भारी अन्तरले पराजित भएको थियो। नकआउटमा पुग्नै पर्ने दबाबका बिच अन्तिम खेलमा कतारलाई ३-१ ले पन्छाउँदै बोस्नियाले ४ अंकका साथ ऐतिहासिक रूपमा अन्तिम ३२ को टिकट पक्का गर्‍यो।

अबको खेलमा अमेरिकाले आफ्नो रक्षापंक्ति र बल पोजेसन गुमेपछिको गल्तीहरू सुधार्नुपर्ने देखिन्छ, किनकि नकआउट खेलमा साना गल्ती पनि घातक हुन सक्छन्। अर्कातर्फ, बोस्नियाका लागि अमेरिकाको तीव्र गतिको अग्रपंक्तिलाई रोक्नु र भर्खरै टोलीमा फर्किएका डिफेन्डरलाई रक्षापंक्तिमा अभ्यस्त गराउनु मुख्य चुनौती हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप