राष्ट्र सङ्घमा प्रस्तुत चन्द्रागिरिको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना प्रतिवेदन सार्वजनिक
काठमाडौं । चन्द्रागिरि नगरपालिकाको दिगो विकास लक्ष्यको स्थानीय स्वैच्छिक मूल्याङ्कन प्रतिवेदन (नेपाली संस्करण) र कार्ययोजना ढाँचा सार्वजानिक गरिएको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले ‘चन्द्रागिरि नगरपालिकाको’ दिगो विकास लक्ष्यको स्थानीय स्वैच्छिक मूल्याङ्कन प्रतिवेदन’लाई संयुक्त राष्ट्र सङ्घमा प्रस्तुत गरिसकेका छन् ।
नगरपालिकाले स्थानीय स्वैच्छिक मूल्याङ्कन प्रक्रियामा दिगो विकास लक्ष्य मध्ये राम्रो स्वास्थ्य र समृद्धि, समावेशी तथा समानता मूलक गुणस्तरीय शिक्षाको सुनिश्चितता, लैङ्गिक समानता, स्वच्छ खानेपानी, सरसफाइ र दिगो शहर र समुदायजस्ता पाँचवटा क्षेत्रलाई मुख्य प्राथमिकता दिएको छ ।
यी प्राथमिकता प्राप्त लक्ष्य प्राप्तिका लागि नगरपालिकाको कार्यक्रमले सही बाटोमा हिँडाएको छ । नगरपालिकाले दिगो विकास लक्ष्यसँग तालमेला मिलाइएको बजेट साङ्केतिकरणको अभ्यास थालिनीसमेत गरिसकेको छ । यो अभ्यास एशिया प्रशान्त क्षेत्रमा नै एक नवप्रवर्तनीय अभ्यास मानिएको छ ।
नगरपालिकाको सभाकक्षमा हालै आयोजित कार्यक्रममा चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरी, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर, युएन ह्याविट्याटका प्रतिनिधि प्रज्ञा प्रधान लगायतले ‘दिगो विकास लक्ष्यको स्थानीय स्वैच्छिक मूल्याङ्कन प्रतिवेदन’ ‘नेपाली संस्करण’ र कार्ययोजना ढाँचा सार्वजनिक गरे ।
त्यस अवसरमा नगरप्रमुख गिरीले समृद्धिको आधार भौतिक पूर्वाधारका साथ साथमा आर्थिक, सामाजिक र प्रविधियुक्त समाज भएको बताए । उनले भने, ‘मैले चन्द्रागिरि नगरपालिकाको दिगो विकास लक्ष्यको स्थानीय स्वैच्छिक मूल्याङ्कन प्रतिवेदन संयुक्त राष्ट्र सङ्घमा प्रस्तुत गरिसकेको छु । दिगो विकासका विभिन्न लक्ष्यमध्ये पाँचवटा क्षेत्रमा नगरपालिकाले उच्च प्राथमिकता दिएको छ । लक्ष्य प्राप्तिका लागि नगरका नीति, कार्यक्रम र बजेट केन्द्रित छन् ।’
प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले दिगो विकास लक्ष्यलाई हाँसिल गर्न नगरका नीति, कार्यक्रम र बजेट केन्द्रित रहेको जानकारी दिए । सोही अवसरमा युएन ह्याविट्याटका प्रतिनिधि प्रधानले ‘दिगो विकास लक्ष्यको स्थानीय स्वैच्छिक मूल्याङ्कन प्रतिवेदन’को महत्वका बारेमा जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण