भन्सार छलीको सामानसहित ३ मोटरसाइकल बरामद
शनिबार, १३ वैशाख २०८२, ०७ : ५६
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले चेकजाँचको क्रममा लाखौँको भन्सार छलीको सामानसहित ३ थान मोटरसाइकल र ४ साइकल बरामद गरेको छ।
सीमावर्ती भारतीय बजारबाट खरिदगरी भित्र्याइँदै गरेको तीनलाख १९ हजार ४५० रुपैयाँ बराबरको कपडा, किराना, कस्मेटिक्ससहित उक्त सवारी साधन जिल्ला प्रहरी तथा मातहतबाट गएको गस्ती टोलीले बरामद गरेको जिल्ला प्रहरीका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले जानकारी दिए ।
बरामद सामान सहित सवारी साधन आवश्यक कारबाहीको लागि शुक्रवार जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण