रुस र युक्रेन ‘सम्झौताको धेरै नजिक’ : ट्रम्प
शनिबार, १३ वैशाख २०८२, ११ : ५७

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन ‘सम्झौताको धेरै नजिक’ पुगेको बताएका छन्। केही घण्टा अघि मात्र अमेरिकी विशेष दूत स्टीव विटकफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच मस्कोमा भेटवार्ता भएको थियो।
भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोभले पुटिन र स्टिभ विटकफबिचको वार्ता रचनात्मक र उपयोगी भएको बताए। पुटिन र स्टिभ विटकफबिचको छलफलको बारेमा अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘रुस र युक्रेनबिच शान्ति सम्झौतामा पुग्ने प्रयास सफलतापूर्वकु भइरहेको छ।’
यसैबिच, युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले शुक्रबार राति भिडियो सम्बोधन गरेका थिए । उनले भने, ‘रूसलाई बिना शर्त युद्धविराम स्वीकार गर्न वास्तविक दबाब दिन आवश्यक छ।’ हालै पुटिनले पनि जेलेन्स्कीसँग वार्ता गर्न तयार रहेको संकेत गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्रको बयान न्यायाधीश तारादेवी महर्जनको इजलासमा
-
प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई उपेक्षा, कुन प्रदेशको बजेट कस्तो ?
-
तीन प्रदेशका १५ अस्पतालबाट मुटु रोगको निःशुल्क उपचार
-
बजेटको समयमा संसदीय समितिमा विधेयकमाथि छलफल नगरौँ: सांसद यादव
-
सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो
-
मार्क्स र लेलिनले देखेको ‘कम्युन’को सपना ओशो तपोवनमा साकार : स्वामी आनन्द अरुण