रुस र युक्रेन ‘सम्झौताको धेरै नजिक’ : ट्रम्प
शनिबार, १३ वैशाख २०८२, ११ : ५७
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन ‘सम्झौताको धेरै नजिक’ पुगेको बताएका छन्। केही घण्टा अघि मात्र अमेरिकी विशेष दूत स्टीव विटकफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच मस्कोमा भेटवार्ता भएको थियो।
भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोभले पुटिन र स्टिभ विटकफबिचको वार्ता रचनात्मक र उपयोगी भएको बताए। पुटिन र स्टिभ विटकफबिचको छलफलको बारेमा अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘रुस र युक्रेनबिच शान्ति सम्झौतामा पुग्ने प्रयास सफलतापूर्वकु भइरहेको छ।’
यसैबिच, युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले शुक्रबार राति भिडियो सम्बोधन गरेका थिए । उनले भने, ‘रूसलाई बिना शर्त युद्धविराम स्वीकार गर्न वास्तविक दबाब दिन आवश्यक छ।’ हालै पुटिनले पनि जेलेन्स्कीसँग वार्ता गर्न तयार रहेको संकेत गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसईईमा जफत गरिएका मोबाइल नष्ट प्रकरण : क्षतिपूर्ति माग गर्दै सर्वोच्चमा रिट दर्ता
-
सिल्भर ट्रयाङ्गलले जोडिँदै पोखरा–भरतपुर–लुम्बिनी
-
भाषणमा रणनीतिक योजनाका ठुला गफ, प्राथमिकता कुल देउताका मन्दिर
-
रोनिश र तोशारा ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ घोषित
-
नेता भन्दा पनि जनता रिसाए भनेर चिन्ता गरौँ : सभापति थापा
-
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण