गीत चोरी गरेको आरोपमा एआर रहमानलाई २ करोड जरिवाना
नयाँ दिल्ली । दिल्ली उच्च अदालतले संगीतकतार एआर रहमानलाई २ करोड भारतीय रुपैयाँ जरिवाना तोकेको छ। उनीमाथि गीतको नक्कल गरेको आरोप लागेको हो।
यो मामिला ऐश्वर्या राय बच्चनको फिल्म ‘पोन्नियिन सेल्वन २’ को ुवीरा राजा वीराु गीतसँग सम्बन्धित छ। दिल्ली उच्च अदालतका अनुसार यो गीत प्रसिद्ध शास्त्रीय गायक उस्ताद फैयाजुद्दीन र वासिफुद्दीन डागरका बुबा र काकाले रचेको ‘शिव स्तुति’ बाट चोरिएको हो। अदालतले यो रकम अदालतको रजिस्ट्रारको कार्यालयमा जम्मा गर्न पनि निर्देशन दिएको छ।
टाइम्स नाउका अनुसार, सन् २०२३ मा पद्मश्रीबाट सम्मानित भारतीय शास्त्रीय गायक फैयाज वासिफुद्दीन डागरले दिल्ली उच्च अदालतमा निवेदन दायर गरेका थिए। यसमा उनले फिल्म ‘पोन्नियिन सेल्वन २’ को ‘वीर राजा वीर’ गीत उनका बुबा नासिर फय्याजुद्दीन डागर र काका जहीरुद्दीन डागरले रचेको ‘शिव स्तुति’ को नक्कल भएको आरोप लगाएका थिए।
डागरले आफ्नो निवेदनमा ए.आर.रहमानले निर्माण कम्पनी मद्रास टकीज र सम्बन्धित अन्य विरुद्ध गीतको प्रयोगमा प्रतिबन्ध लगाउन माग गगरेका थिए ।
पोन्नियिन सेल्भान २ सन् २०२३ मा रिलिज भएको थियो। फिल्ममा ऐश्वर्याका अलावा चियान विक्रम, जयम रवि, त्रिशा कृष्णन, प्रभु, शोभिता धुलिपला, ऐश्वर्या लक्ष्मी र प्रकाश राज लगायतका कलाकारको पनि अभिनय रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण