साँफेहाटबजार आगलागीबाट प्रभावितलाई प्रदेश सरकारद्वारा १० लाख सहयोग घोषणा
शनिबार, १३ वैशाख २०८२, १७ : १६
कैलाली । अछामको साँफेहाटबजारमा आगलागी पीडितका लागि सुदूरपश्चिम प्रदेश सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार पत्रकार सम्मेलन गर्दै उक्त सहयोग घोषणा गरेका हुन्। उनले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै प्रदेश सरकारले राहत र पुनर्स्थापनाका लागि आवश्यक सम्पूर्ण पहल गर्ने प्रतिबद्धता जनाए।
‘आगलागीबाट भौतिक क्षति भएको छ। पीडितलाई तत्काल राहत दिन र पुनर्स्थापनाका काममा सहायता पुर्याउन प्रदेश सरकारले १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ,’ मुख्यमन्त्री शाहले भने।
उनले प्रदेश सरकार पीडितहरूसँग रहेको र आवश्यकताअनुसार थप सहयोगको व्यवस्था समेत गरिने बताए। स्थानीय प्रशासनमार्फत क्षतिको विस्तृत विवरण संकलन भइरहेको र राहत वितरण प्रक्रिया छिट्टै सुरु गरिने जानकारी पनि दिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण