रौतहटमा एक पुरुष मृत फेला
शनिबार, १३ वैशाख २०८२, १८ : १९
रौतहट । रौतहटको गौरमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । गौर नगरपालिका - १ अन्तर्गत गौर भन्सारको पूर्वपट्टिको बाटोमा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
साँझ स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । त्यस लगतै प्रहरीको टोली घटनास्थलमा पुगेर मृतकको बारेमा अनुसन्धान थालेको प्रहरी प्रमुख दिलीप घिमिरेले बताए ।
उनका अनुसार बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको हो, तर उनको अन्य विवरण भने खुल्न सकेको छैन ।
उनी मागेर खाने व्यक्ति रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । उनको उमेर करिब ३५ रहेको प्रहरीले जानकारी दिएको छ ।
फेला परेको बेवारिसे शव अहिले पोस्टमार्टमका लागि अस्पताल पठाइको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण