कलैयाका एक दर्जन निजी अस्पताल तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
बारा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बाराका एक दर्जन निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन् ।
बाराको कलैयामा शनिबार निजी अस्पताल र क्लिनिकहरूमा अनुगमन गर्दै मापदण्डविपरीत सञ्चालित १२ वटा अस्पताल र क्लिनिकहरू बन्द गर्न निर्देशन दिएका मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
अनुगमनका क्रममा मापदण्ड पूरा नगरेका निजी अस्पताल र क्लिनिकहरू सञ्चालनमा रहेको पाइएको सचिवालयले जनाएको छ ।
बाराको योगशीला हस्पिटल प्रालि, कलैया सब मेट्रोसिटी हस्पिटल प्रालि, कलैया हस्पिटल प्रालि, समाज प्रसूति तथा जेनेरल अस्पताल प्रालि, राजलक्ष्मी रिलिफ हस्पिटल प्रालि, रारा हस्पिटल प्रालि, राजकुमारी पोलि क्लिनिक, न्यु जिवन ज्योति डेन्टल क्लिनिक, राम हेल्थ क्लिनिक, कृष्णा डेन्टल क्लिनिक, स्टार डेन्टल क्लिनिक र आशीर्वाद अस्पताललाइ बन्द गर्न निर्देशन दिइएको मधेश प्रदेश स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुरले जानकारी दिए ।
उनका अनुसार यी अस्पताल र क्लिनिक तत्काल बन्द गर्न सञ्चालकहरूलाई लिखित पत्र नै दिइएको छ ।
स्थानीय तहको अनुमति मात्र लिएर मात्र १५ शय्याको अस्पताल सञ्चालन गरिरहेकाले बन्द गर्न निर्देशन दिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण