भारतको पहलगाममा भएको घटनाप्रति पूर्वराजा शाहद्वारा दुःख व्यक्त
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु काश्मिरस्थित पहलगाम आक्रमणमा परेर ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । शनिबार पूर्वराजा शाहले सो घटनाप्रति दुःख व्यक्त गर्दै दिवङ्गत भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका उनको संवाद सचिवालय एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
पूर्वराजा शाहले भनेका छन् : ‘हालै हाम्रो छिमेकी मित्रराष्ट्र भारतको जम्बु काश्मीर पहलगाममा भएको आतंककारी आक्रमणका कारण धेरै हिन्दुवादी यात्रीहरूको दुःखद निधन भएकोमा हामीलाई अत्यन्तै दुःख लागेको छ । यो घटनामा परि ज्यान गुमाएका एक नेपालीसहित सबै दिवङ्गत आत्माप्रति हाम्रो भावपूर्ण श्रद्धाञ्जली । साथै मृतकजनका सबै शोक सन्तप्त परिवारमा हाम्रो आत्मीय समवेदना । यसैगरी यो दुःखद घडीमा मित्रराष्ट्र भारत सरकारप्रति हामी गहिरो सहानुभूति व्यक्त गर्दछौँ ।
पूर्वराजा शाहले यस प्रकारका जघन्य अपराध गर्नु गराइनु सर्वथा धर्म निषिध पाप कर्म भएको समेत बताएका छन् । यस्तो घटनाको विश्वव्यापी रूपमा भर्त्सना हुनुपर्ने र सबैबाट निन्दा गरिनुपर्छ भन्ने आफ्नो धारणा रहेको समेत बताएका छन् ।
केही दिनअघि पहलगाममा भएको आतंकवादी आक्रमणमा १ नेपालीसहित २६ जनाको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ हर्मुजमा अब थप नाकाबन्दी नहुने ट्रम्पको दाबी
-
बजेटमा सांसद असन्तुष्ट, लुम्बिनी प्रदेश सभा बैठक सर्यो
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण