५ गोलको थ्रिलरमा रियललाई हराउँदै बार्सालाई कोपा डेल रे
सेभिया । निकै रोमाञ्चक खेलमा चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले कोपा डेल रेको उपाधि जित्न सफल भएको छ । शनिबार राति भएको खेलमा बार्सा ३–२ गोल अन्तरले विजयी बनेको हो ।
निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएपछि खेल पेनाल्टीतर्फ अघि बढिरहेको थियो । अतिरिक्त समयको ११६ औँ मिनेटमा जुल्स कोउन्डेले गरेको शानदार गोल खेलमा निर्णायक बन्यो ।
यसअघि, नियमित समयको पहिलो हाफमा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गरेको थियो । पेड्रीले २८ औँ मिनेटमा बार्सालाई अग्रता दिलाए । तर, दोस्रो हाफमा किलियान एम्बाप्पे मैदानमा प्रवेश गरेपछि रियलले ७ मिनेटको अन्तरमा दुई गोल गर्न सफल भयो ।
७० औँ मिनेटमा एम्बाप्पेले बराबरी गोल फर्काए भने ७७ औँ मिनेटमा औरेलियन टुअमानीले गोल गर्दै रियललाई अग्रता दिलाए । तर, सो अग्रता लामो समय भने टिक्न सकेन । ८४ औँ मिनेटमा फरान टोरेसले बराबरी गोल फर्काएका थिए ।
निर्धारित समयमा नतिजा नआएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । खेलको अन्त्यतिर भएको विवादमा एन्टोनियो रुडिगर र लुकास भाजक्वेजले रातो कार्ड खाँदै मैदान छाड्न परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्ने
-
इजलासमा वरिष्ठ अधिवक्ता काेइरालाकाे प्रश्न : व्यक्तिगत अधिकारमाथि धावा बोल्न मिल्छ ?
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण