न्युक्यासलसँग हारेसँगै रेलिगेसनमा पर्यो ईप्सविच
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको जारी सिजनबाट रेलिगेसनमा पर्ने (तल्लो डिभिजनमा झर्ने) तीनवटै टोलीको टुंगो लागेको छ । ईप्सविच टाउन रेलिगेसनमा पर्ने तेस्रो टोली बनेको हो । लेस्टर सिटी र साउटएम्पटन यसअघि नै रेलिगेसनमा परिसकेका छन् ।
न्युक्यासल युनाइटेडले शनिबार राति खेलिएको खेलमा ईप्सविच टाउनलाई ३–० गोलको फराकिलो अन्तरले हरायो । घरेलु मैदानमा खेलिएको खेलमा न्युक्यासल युनाइटेडले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेका थियो ।
पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा एलेक्जेन्डर इसाकले न्युक्यासल युनाइटेडलाई अग्रता दिलाएका थिए । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् । निर्धारित समयको ५६औँ मिनेटमा डन बर्नले टोलीको अग्रता दोब्बर बनाएका थिए ।
एकपक्षीय खेलको ८०औँ मिनेटमा न्युक्यासल युनाइटेडका लागि विलियम ओसुलाले तेस्रो गोल थपेका थिए । निर्धारित सयमको ३७औँ मिनेटमै ईप्सविच टाउन १० खेलाडीमा समेटिएको थियो । ईप्सविच टाउनका बेन जोन्सन सिधै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।
जितपछि न्युक्यासल युनाइटेडले भने सिधै च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो बनाएको छ । ३४ खेल खेलेको न्युक्यासल युनाइटेड ६७ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । ३३ खेल खेलेको लिभरपुल ७९ अंकसहित पहिलो र ३४ खेल खेलेको आर्सनल ६७ अंकसहित दोस्रो स्थानमा आसीन छन् ।
ईप्सविच टाउनले भने ३४ खेलबाट २१ अंक बटुलेको छ । ईप्सविच टाउन तालिकाको १८औँ स्थानमा आसीन छ । ३४ खेलबाट ३६ अंक जोडेको वेस्ट हाम १७औँ स्थानमा छ । अब ईप्सविच टाउनले चार खेल खेल्न बाँकी छ । सबै खेलमा विजयी भए पनि ईप्सविचले वेस्ट हामलाई उछिन्न सक्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण