अमेरिकामा दुई प्रहरीमाथि गोली प्रहार, एकको मृत्यु
आइतबार, १४ वैशाख २०८२, १० : ३२
वासिङ्टन डिसी । अमेरिकाको जर्जिया राज्यको कोलम्बिया काउन्टीमा दुई प्रहरी अधिकारीहरूमाथि गोली प्रहार भएको छ ।
गोली लाग्ने मध्ये एक जनाको मृत्यु भएको छ भने अर्का एक जनालाई अस्पतालमा भर्ना गरिएको छ । यो घटना शनिबार साँझ भएको थियो ।
कोलम्बिया काउन्टीका दुई उप प्रहरी अधिकारीहरू कारमा यात्रा गरिरहेको सयमा ट्राफिक सिंग्लनमा कार रोकिएको समयमा एक सन्दिग्ध व्यक्तिले उनीहरूलाई गोली हानेका थिए ।
सन्दिग्ध व्यक्तिको पहिचान जेम्स ब्लेक मोन्टगोमेरीको रूपमा गरिएको छ । प्रहरीले अभियुक्तको तीव्र खोजी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण