धनुषामा दुई वटा ट्रक एकापसमा ठोक्किँदा आगो लाग्यो
जनकपुर । जनकपुरमा दुई वटा ट्रक एकापसमा ठोक्किँदा ट्रकमै आगो लागेको छ । धनुषाधाम नगरपालिका वडा नम्बर– ६ मालटोलचोकमा दुई वटा ट्रक आपसमा ठोक्किएर आगलागी भएको धनुषा प्रहरीले जनाएको छ ।
आइतबार बिहान सिरहाबाट धल्केवरतर्फ जाँदै गरेको ना ६ ख ३४६३ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको मधेस प्रदेशको २–००१ ख ०७१५ नम्बरको ट्रक ठोक्किँदा दुई वटै ट्रकमा आगो लागेको धनुषा प्रहरी प्रवक्ता वरुणबहादुर सिंहले जनाए ।
उनका अनुसार ट्रकको ट्याङ्कीमा ठोक्किएपछि तेल छताछुल्ल भएको थियो, त्यसपछि आफै ट्रकमा आगो सुल्किएको हो । आगोले ना ६ ख ३४६३ नम्बरको ट्रक पूरै जलेर नष्ट भएको धनुषा प्रहरीले जानकारी दिएको छ ।
ट्रक एकापसमा ठोक्किँदा दुवै ट्रकका चालक घाइते भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार घाइते हुनेहरूमा ना ६ ख ३४६३ नम्बरको ट्रकका चालक सर्लाही लालबन्दी १५ निवासी रोशन कौशल कार्की र अर्का ट्रकका चालक सर्लाही मौलापुरका मुकेशकुमार झा रहेका छन् ।
घाइते दुवै चालकको जनकपुरस्थित एपोलो अस्पतालमा उपचार भइरहेको धनुषा प्रहरी कार्यालयले जनायो । गलत साइडमा एउटा ट्रक प्रवेश गरेपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । यद्यपि, दुर्घटनाबारे विस्तृत अनुसन्धान थालिएको जनकपुर प्रहरी कार्यालयको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण