एलेन ठूलेले ल्याए ‘किरात लोहोरुङ राई विविध’ पुस्तक
काठमाडौं । लेखक एलेन ठूलेले अनुसन्धानमूलक कृति ‘किरात लोहोरुङ राई विविध’ प्रकाशनमा ल्याएका छन् । किरात लोहोरुङ राई समाजले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उक्त कृति विमोचन गरिएको हो । समाजका पूर्वअध्यक्षहरू डम्बर लोहोरुङ राई, चित्रबहादुर लोहोरुङ राई, संस्कृतिविद् डा. भक्त राई, गीतकार शुभ मुकारुङ, गायक अशोक मुकारुङलगायतले सार्वजनिक गरेका हुन् ।
लेखक ठुलेले २०७४ सालमा प्रकाशित ‘किरात राई लोहोरुङ चिनारी’ (किलोराचि) पुस्तकको निरन्तरतास्वरूप यो दस्तावेजको जन्म भएको सुनाए ।
उनले अघिल्लो कृतिमा आफ्नो समुदायको परिचय, भाषा, पाछा÷पासा, साइनो र नाता सम्बन्ध, जन्म, विवाह र मृत्यु संस्कार, पूजा (साम्माङ), चाड र केही मिथक समेटेका थिए । आफ्नो पहिरन, भाषा, परम्परा, संस्कार र संस्कृतिको जगेर्ना आफ्नै समुदायबाट मात्र गर्न सम्भव छ भन्ने लागेर फेरि पुस्तक लेख्ने प्रयास गरेको उनको भनाइ थियो ।
पूर्वअध्यक्ष डम्बरले भानुभक्त नेपाली भाषाको आदिकवि भएजस्तै ठूले लोहोरुङको ‘आदि लेखक’को संज्ञा दिए । ‘लोहोरुङ समुदाय यत्रो धेरै छ । धेरै पढेका पनि छन् । माथि–माथि पुगेका (जस्तोः नेपालमा ३८–४० प्रतिशत आदिवासीहरूमध्येबाट पहिलो लोकसेवा अध्यक्षता ग्रहण गर्ने) पनि लोहोरुङबाटै छ’, उनले भने, ‘तर, उहाँहरूले पनि यसरी किताब लेखेर आफ्नो परिचय दिएर अगाडि नबढिरहेको अवस्थामा मामा (लेखक)ले लोहोरुङको बारेमा लेख्नुभएको छ’, उनले भने ।
संस्कृतिविद् डा. भक्तले यो पुस्तक लोहोरुङ राई समुदायका लागि मात्र नभएको बताए । संसारभरका हरेक अध्येताका लागि महत्वपूर्ण रहेको उनको भनाइ थियो । सिंगापुर पुलिस फोर्सको चिफ इन्स्पेक्टर (सीआई)बाट अवकाशप्राप्त लेखक ठूलेको यो कृति गंगाकुमारी राई याक्खाले प्रकाशन गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण