यस्तो छ ‘एक्लो’मा अभिनेत्री दियाको लुक्स
काठमाडौँ । नेपाली फिचर फिल्म ‘एक्लो’को अभिनेत्री दिया पुनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ ।
आइतबार निर्माण युनिटले मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन)को अवसर पारेर दियाको लुक्सको एक पोस्टर सार्वजनिक गरेको हो । फिल्म प्रदीप शाहीले निर्देशन गरेका हुन् ।
दियाको फिल्ममा एउटा समर्पित र मायालु आमाको भूमिका रहेकोले आमाको मुख हेर्ने विशेष दिन पारेर पोस्टर सार्वजनिक गरिएको निर्देशक शाहीले बताए । शाहीको निर्देशन रहेको यो तेस्रो फिल्म हो ।
साइन्स फिक्सनमा आधारित रहेर निर्माण गरिएको फिल्मको पोस्टरमा दीया पुनको नाम एस्ट्रोनट पुन छ । हाल फिल्मको लण्डनमा पोस्ट प्रोडक्सनको कार्य भइरहेको छ । निर्देशक प्रदीप शाही केही दिन अघि कान्स प्रोड्यूसर्स नेटवर्कका लागि चयन भएका छन् । कान्समा शाही चयन भएसँगै उनको फिल्म ‘एक्लो’को चर्चा बढेको छ ।
फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिङ ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री , विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय छ । फिल्म ‘एक्लो’का निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ रहेका छन् । बाबु श्रेष्ठको छायाङ्कन, राजु तामाङको द्वन्द्व निर्देशन फिल्ममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण