माया राई पक्राउ प्रकरण : कांग्रेसको धारणा के हो ?

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य माया राई पक्राउ परेको सन्दर्भमा औपचारिक धारणा सार्वजनिक गरेको छैन । काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा फरार रहेकी राईलाई शनिबार काठमाडौँको बूढानिलकण्ठ नगरपालिका–१० कपनबाट प्रहरीले पक्राउ गरेको थियो ।
राष्ट्रियसभा सदस्यसमेत रहेका पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सांसद राई पक्राउ परेको जानकारी पार्टीलाई रहेको बताए । उनले पार्टी कानुनी राज्यमा सबैले कानुनको परिपालन गर्नुपर्छ भन्ने पक्षमा रहेकोले खराब काम गरेको भए कारबाही हुनुपर्ने र निर्दोष फस्न नहुने पक्षमा रहेको बताए ।
‘नेपाली कांग्रेस रुल अफ ल का पक्षमा वकालत गर्दै आइरहेको छ । हामी खराब काम गरेको भए जो सुकै भए पनि कानुनको दायरामा आउनुपर्छ,’ मुख्यसचिव पौडेलले रातोपाटीसँग भने, ‘निर्दोष फस्न हुँदैन । अन्याय कसैलाई पर्न हुँदैन भन्ने पक्षमा छौँ । माया राईको सन्दर्भमा पनि पार्टीको धारणा त्यही हो ।’
आदिवासी जनजाती महिला कोटाबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित राई कांग्रेसभित्र संस्थापन निकट मानिन्छिन् । उनी भोजपुरकी स्थायी बासिन्दा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते