संसद् बैठक
संविधान विपरीत समवेदना सन्देश निकाल्नेलाई कारबाही गर्न एमालेको माग
आइतबार, १४ वैशाख २०८२, ११ : २६
काठमाडौँ । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा.फणीन्द्रराज पाठकले संविधान विपरीत समवेदना वक्तव्य निकालेको भन्दै कारबाही गर्न माग गरेको छ ।
आजको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा एमाले सांसद ठाकुर गैह्रेले नेपालको संविधानमा श्री ५ महाराजाधिराज भन्ने शब्द कहाँ छ भन्ने प्रश्न गरे । उनले कानुनी राज्य र संविधानको उपहास गर्ने संवाद सचिव डा.पाठक र पूर्वराजा शाहलाई कानुन अनुसार तत्काल कारबाही गर्न माग गरे ।
‘संवाद सचिव डा.फणीन्द्रराज पाठकका नाममा जारी भएको समवेदना सन्देश संविधान विपरीत आएको छ । नेपालको संविधानमा श्री ५ महाराजाधिराज भन्ने शब्द कहाँ छ,’ गैह्रेले संसदमा भने, ‘कानुनी राज्यको उपहास गर्न पाइन्छ कि पाइँदैन । नपाइने भए संवाद सचिव डा.पाठक र पूर्वराजा ज्ञानेन्द्र शाहलाई तत्काल कारबाही गरियोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण