बझाङमा एक महिलाको शव फेला
आइतबार, १४ वैशाख २०८२, १३ : २३
बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका–५, छात्रबस्तीस्थित नानीगाडको किनारमा एक महिलाको शव फेला परेको छ। शव सोही स्थानकी २५ वर्षीया आशादेवी थापाको भएको पुष्टि भएको छ।
थापा घरमा कसैलाई जानकारी नदिई अचानक निस्किएकी थिइन्। परिवारजनले खोजतलास गर्दा आज बिहान नानीगाडको किनारमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
घटनास्थलमा प्रहरी निरीक्षक किशोर जोशीको कमाण्डमा विशेष अनुसन्धान टोलीसहितको प्रहरी टोली परिचालन गरिएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण