विश्वकप विजेता ब्राजिलियन टोलीका सदस्य डा कोस्टाको निधन

काठमाडौँ । ब्राजिलका पूर्वफुटबलर जैर डा कोस्टाको ८४ वर्षको उमेरमा निधन भएको छ । उनी आफ्नो समयका प्रभावशाली विंगर थिए । उनी ब्राजिलको राष्ट्रिय टोलीका कारणभन्दा पनि इटालियन सिरिए क्लब इन्टर मिलानका कारण बढी चर्चित थिए ।
उनले पहिलो पटक सन् १९६२ देखि सन् १९६७ सम्म इन्टर मिलानबाट खेलेका थिए । त्यसपछि उनले सन् १९६८ देखि १९७२ सम्म पनि इन्टर मिलानबाट व्यवसायिक फुटबल खेलेका थिए । उनले इन्टर मिलानलाई दुईपटक युरोपियन कपको उपाधि चुमाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
डा कोस्टासहितको इन्टर मिलानको टोलीले सन् १९६४ र सन् १९६५ मा युरोपियन कपको उपाधि जितेको थियो । इन्टर मिलानले सन् १९६४ को फाइनलमा स्पेनिस क्लब रियल म्याड्रिडलाई ३–१ र सन् १९६५ को फाइनलमा पोर्चुगलको बेनफिकालाई १–० गोलले हराएको थियो ।
त्यसपछि डा कोस्टा एकभन्दा बढी पटक युरोपियन कपको उपाधि जित्ने पहिलो ब्राजिलियन फुटबलर पनि बनेका थिए । उनी युरोपियन टोलीबाट दुई वा सोभन्दा बढी पटक इन्टरकन्टिनेन्टल कपको उपाधि जित्ने पहिलो ब्राजिलियन खेलाडी पनि बनेका थिए ।
आफ्नो व्यवसायिक खेल जीवनमा उनले अर्को इटालियन क्लब एएस रोमाबाट पनि खेलेका थिए । चारपटक इटालियन सिरिए उपाधि चुमेका थिए । ब्राजिलको राष्ट्रिय टोलीबाट भने उनले धेरै खेल खेलेका थिएनन् ।
तर, ब्राजिलियन टोलीसँग उनको एउटा रमाइलो संयोग जोडिएको छ । सन् १९६२ को फिफा विश्वकप फुटबलको उपाधि ब्राजिलले जितेको थियो । विश्वकप खेल्ने ब्राजिलको उक्त टोलीमा उनी पनि सहभागी थिए । तर, उनले विश्वकपमा एक खेल पनि खेलेका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की