तीनकुने घटना : राज्यविरुद्ध कसुरमा २४ जनालाई थप सात दिन म्याद थप
काठमाडौं । तीनकुने घटनामा संलग्न आरोपमा पक्राउ परेका २४ जना विरुद्ध अदालतले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
बिहिबार दुर्गा प्रसाईं र रविन्द्र मिश्र सहितका प्रतिवादीहरुलाई ३ दिन अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो । उनिहरुमाथी प्रहरीले राज्य बिरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।
त्यसअघि चैत २६ मा काठमाडौं जिल्ला अदालतले १५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । तीनकुनेमा आयोजित पुर्वराजा समर्थकहरुको प्रदर्शनमा अवान्छित गतिबिधी गरेको आरोपमा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक प्रसाईं समेतलाई अनुसन्धान गरिरहेको छ ।
सो मुद्दामा अनुसन्धान हुँदाहुँदै क्यान्सरको उपचार गर्ने प्रयोजनार्थ राप्रपाका महामन्त्री धवल शमशेर जबरा रिहा भएका थिए ।
राज्य विरुद्धको कसुरमा म्याद थप हुनेहरुमा पुस्कर खतिवडा, गोपाल मल्ल, मुनिन्द्र राज भण्डारी, गोपिकृष्ण खड्का, सन्तोष चौधरी, रामकुकमार धिमाल, पशुपति खड्का, हरिहर चौलागाईं, विष्णु पराजुली, तेजेन्द्र रायमाझी, सन्तोष कुमार सिलवाल, सरोज गौतम, गोकर्ण शाही र दुर्गा प्रसाईंका सहयोगी दीपक खड्का लगायत २४ जना छन् ।
प्रसाईंलाई पत्रकार सुरेश रजकको हत्या गरेको आरोपमा ज्यान सम्बन्धी कसुरमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
अनवरत तत्पर फौज (एटिएफ)मा आबद्ध रामेछापको सुनापति घर भएका सरोज गौतम र अछामको पञ्चदेवल नगरपालिका–५ घर भएका गोकर्ण शाहीलाई राज्य बिरुद्धको कसुरसँगै प्रहरीले ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण