तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
काठमाडौँ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म रु तीन अर्ब ५७ करोड बराबरको चिया निर्यात गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यस वर्ष चियाको निर्यात रु चार अर्ब ५० करोड हाराहारीमा पुग्ने अनुमान रहेको जनाएको छ ।
बोर्डका अधिकृत चन्द्र पुरीले नेपालको चिया क्षेत्रले करिब ६० हजार रोजगारी सिर्जना गरेको र १७१ ‘टि स्टेट’ र साना मझौला गरी १२० वटा चिया प्रशोधन केन्द्र रहेको जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा देशभर कुल २० हजार ७६० हेक्टर जमिनमा चियारोपण गरिएको थियो । त्यस अवधिमा दुई करोड ७० लाख किलोग्राम तयारी चिया उत्पादन भएको छ । नेपालमा १५ हजार २०३ चिया कृषकहरू छन् ।
अधिकृत पुरीले अघिल्लो आवमा रु तीन अर्ब ६३ करोड बराबरको एक करोड ६५ लाख केजी चिया निर्यात गरेको जानकारी दिए । यसैबिच २९ औँ राष्ट्रिय चिया दिवसका अवसरमा बोर्डले सोमबार पुल्चोकस्थित हरिहरभवनमा चिया प्रदर्शनी गर्ने जनाएको छ । नेपाली चियालाई अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बोर्डले जनाएको छ ।
त्यस क्रममा देशका विभिन्न जिल्लाहरूमा उत्पादन हुने चिया एकै ठाउँमा प्रदर्शन गरी चिया कृषक, मजदुर, सहकारी, उद्योगी/व्यवसायी, सरोकार भएका संघसंस्थाका प्रतिनिधिबीच छलफल गरिने बोर्डका अधिकृत पुरीले जानकारी दिए । यसवर्ष ‘स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार’ मूल नाराका साथ दिवस आयोजना हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण