क्यानडामा कारले ठक्कर दिँदा मृत्यु हुनेको संख्या ११ पुग्यो
भ्यानकुभर । क्यानडाको भ्यानकुभरमा भीडमा कार ठोक्किँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ। यो घटना शनिबार लापु लापु दिवस मनाउने क्रममा भएको थियो।
भ्यानकुभर प्रहरीका कार्यवाहक प्रहरी प्रमुख स्टिभ रोयले यस घटनामा मारिनेहरूमा पुरुष र महिला दुवै रहेको बताएका छन्। यो संख्या अझै बढ्न सक्छ।
रोयले यस मुद्दाको अनुसन्धान १०० भन्दा बढी प्रहरी अधिकारीहरूले गरिरहेको बताएका छन्। उनले घटनास्थलबाट महत्त्वपूर्ण प्रमाण सङ्कलन भइरहेको र प्रत्यक्षदर्शीहरूसँग सोधपुछ गर्ने काम पनि भइरहेको जानकारी दिए ।
यस घटनामा संलग्न ३० वर्षीय संदिग्धलाई पक्राउ गरिएको छ। अनुसन्धानबाट उनलाई मानसिक स्वास्थ्य समस्याको इतिहास रहेको पत्ता लागेको छ।
रोयले यो घटनाको कारण स्पष्ट नभए पनि प्रमाण र आफ्नो विश्वासको आधारमा यो आतंकवादी घटना नभएको भन्न सक्ने बताए।
भ्यानकुभर सिटी काउन्सिलर पिटर फ्राईले घटनाबाट आफू दुःखी भएको बताएका छन्। उनले भने, ‘हाम्रो सहरमा यस्तो पहिले कहिल्यै भएको थिएन।’
फिलिपिन्समा हरेक वर्ष अप्रिल २७ मा लापु-लापु दिवस मनाइन्छ। लापु लापु एक राष्ट्रिय नायक थिए जसले स्पेनी उपनिवेशवादको विरुद्धमा बोलेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण