बयान लिनेसँग मिश्रको ठट्टा : मैले पत्रकार हुँदा सोध्ने प्रश्नभन्दा तपाईंहरुका प्रश्न कडा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रको बयान पुरा भएको छ । तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले उनलाई राज्य विरुद्धको कसुर गरेको मुद्दा लगाएको छ ।
मिश्र सहित २५ जना राज्य विरुद्धको कसुर गरेको आरोपमा थुनामा छन् । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’ले आयोजना गरेको प्रदर्शनमा मिश्र सहभागी थिए ।
उनीहरूमध्ये मिश्र सहित १६ जनाको सकिएको जिल्ला सरकारी वकिल कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । बयानको क्रममा मिश्रले आफ्नो पत्रकारिता सम्झिएका छन् । बिबिसीमा काम गर्दा आफूले पनि प्रश्न सोध्ने गरेको स्मरण गर्दै मिश्रले अनुसन्धान अधिकृत र सरकारी वकिल कार्यालयका अधिकृतहरूसँग भनेका छन्, ‘म पत्रकार हुँदा गर्ने प्रश्न भन्दा तपाईँहरूका प्रश्न कडा हुँनेरहेछ ।’
अनुसन्धान अधिकृतहरू मिश्रलाई मञ्चबाट माइकिङ गरेर भिडलाई उत्तेजित बनाउनुको कारणबारे प्रश्न गरेका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘उहाँले भिडलाई मञ्चतर्फ आउनुस् भनेको तर, प्रहरी घेरा तोड्न र तोडफोड गर्न उक्साएको तथ्य अस्वीकार गर्नुभएको छ ।’
मिश्र चैत १५ देखी हिरासतमा छन् । हिरासतमा उनीसँगै रहेका राप्रपाका महामन्त्री धवलशमशेर जबरा हाजिर जमानीमा छुटिसकेका छन् । मिश्रलाई अनुसन्धान अधिकृतहरुले प्रदर्शनकारीलाई उत्तेजित बनाएर निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड गरेको र मानिसको मृत्यु हुने अवस्था सिर्जना गरेकोबारे प्रश्न गरेका छन् । मिश्रले बयानमा भनेका छन्, ‘मैले मञ्चमा उभिएर अगाडी आउनुस् भन्ने बाहेक केही बोलेको छैन, प्रदर्शनमा पछाडि हट्नुस् भन्नु त भएन नि ?’
बयान लिँदा मिश्रले ठट्टा गर्दै आफू पत्रकार हुँदा सोध्ने प्रश्नभन्दा अनुसन्धान अधिकृतहरूको प्रश्न ‘कडा’ अनुभूति भएको भनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण