हिरासतमा रवीन्द्र र धवलको मेन्युः मिनरल वाटर, स्याउ र काजु
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । उनीहरु चैत १५ गते राति नै पक्राउ परेका हुन् ।
उनीहरुमाथि तीनकुनेमा प्रदर्शनकारीलाई उत्तेजित बनाएर नीजि तथा सार्वजनिक सम्पत्ति तोडफोड गरेको र मानिसको मृत्यु हुने अवस्था सिर्जना गरेको आरोप छ । उनीहरुलाई प्रहरीले राज्यबिरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।
मिश्र र जवरालाई प्रहरीले सँगै राखेको छ । डा. धवलशमशेर क्यान्सरका विरामी हुन् । पार्टीका नेता कार्यकर्तासँग भेटघाट र आपसमा कुरा गरेर उनीहरु हिरासमा दिन कटाउँछन् ।
दुवैजना मांसाहारी हुन् । हिरासतका अरु थुनुवालाई तयार गरेको खाना दुवै जना खाँदैनन् । आफ्नो इच्छाअनुसार प्रहरीको क्यान्टिनमा खाना अर्डर गर्छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृत भन्छन्, ‘दुवैजना मासु र रोटी खान्छन् ।’
जवरा चाहिँ बेलाबेला स्याउ र काजु खान्छन् । ति अधिकृत भन्छन्, ‘जबराले भनेअनुसार स्याउ र काजु पनि उपलब्ध गराएका छौं ।’ सामान्य पानीले स्वास्थ्य समस्या हुनसक्ने भन्दै उनीहरुले नियमित ‘मिनरल वाटर’ प्रयोग गर्ने गरेका छन् ।
हिरासतको एउटै कोठामा बस्ने उनीहरुलाई भेट्न राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, डा. प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर जबरा, ज्ञानेन्द्र शाही र जयन्द्र चन्दले भेटघाट गरेका छन् ।
प्रहरीले उनीहरुलाई शनिबारसम्म छुट्टाछुट्टै राखेको थियो । तर, मिश्रले आफुलाई सामान्य थुनुवासँग राखिएको भनेर गुनासो गरे । अधिकृतहरुसँग उनले भनेका थिए, ‘घुरेर सुत्नै सकिँन, साह्रै भयो ।’
गुनासो गरेपछि प्रहरीले दुवैजनालाई एउटै कोठामा राखेको छ । उनीहरुलाई ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । उनीहरुसँगै ११ जनालाई राज्यबिरुद्धको कसुर र ३० जनालाई आपराधिक उपद्रवसहितको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवनतर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण