हिरासतमा रहेका रवीन्द्र मिश्र कविता लेख्छन्, धवल शमशेरलाई सुनाउँछन्
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र चैत १५ देखि प्रहरी हिरासतमा छन् । हिरासतमा राप्रपाका महामन्त्री डा धवल शमशेर जबरालाई पनि सँगै राखिएको छ । भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा उनीहरू दिनभर सँगै हुन्छन् । उनीहरूको बिस्तारा चाहिँ फरक राखिएको छ ।
बुधवार साँझ भेट्न गएका शुभेच्छुकहरूलाई मिश्रले अध्ययन र कविता लेखेर हिरासतमा दिन कटाउने गएको सुनाए । उनले हाँस्दै भने, ‘कविता लेख्छु, धवलजीलाई सुनाउँछु ।’
हिरासतमा मिश्रको साथमा अहिले तत्कालीन राजा वीरेन्द्र शाहका सैनिक सचिव विवेककुमार शाहको पुस्तक ‘मैले देखेको दरबार’, अङ्ग्रेजी साहित्य र नेपाली साहित्यका पुस्तक छन् ।
उनीमाथि तीनकुनेमा प्रदर्शनकारीलाई उत्तेजित बनाएर निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड गरेको र मानिसको मृत्यु हुने अवस्था सिर्जना गरेको आरोप छ । उनलाई प्रहरीले राज्यविरुद्धको कसुर र सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । मिश्र चैत १५ लाई सम्झँदै भन्छन्, ‘मैले मञ्चमा उभिएर अगाडि आउनुस् भन्ने बाहेक केही बोलेको छैन, प्रदर्शनमा पछाडि हट्नुस् भन्न भयो र, ?अगाडि आउनुस् भन्नुपरेन ?’
आफूले त्यसबारे जिल्ला सरकारी वकिल कार्यालयका अधिकारीहरूसँग पनि कुरा राखेको मिश्रले बताएका छन् । हिरासतमा आफू अनुशासित भएर बसेको मिश्रले शुभचिन्तकहरुलाई बताएका छन् । मिश्रको भनाइ उद्धृत गर्दै एक शुभचिन्तकले भेटपछि भने, ‘प्रहरीले भने अनुसार बेल्ट पनि लगाउँदिन, एकदमै अनुशासित भएर बसेको छु ।’
प्रदर्शनको नेतृत्व गरेका ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का प्रमुख दुर्गा प्रसाईंलाई मिश्र र धवलसँग राखिएको छैन । उनलाई छुट्टै राखिएको प्रहरी अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
-
शपथ लिएपछि आफैँ गाडी हाँकेर सिंहदरबार पुगे सुधन गुरुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण