नेपाली चिया प्रमुख निर्यातजन्य बाली हो : मन्त्री अधिकारी
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली चियाले विश्व बजारमा दरिलो उपस्थिति देखाउन सकेको बताएका छन् । २९ औँ राष्ट्रिय चिया दिवसका अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आइतबार ललितपुरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले विभिन्न चुनौतीहरूकाबिच पनि नेपाली चिया प्रमुख निर्यातजन्य बालीका रूपमा रहेको बताएका हुन् ।
‘यो चिया कृषक , मजदुर , उद्योगी व्यवसायी ,सहकारी र सरकारको सामूहिक प्रयासबाट सम्भव भएको हो’,उनले भने,‘मुलुकको व्यापार घाटा चुलिँदो अवस्थामा चियामा आत्मनिर्भर मात्रै होइन ,भारत सहित तेस्रो मुलुकमा समेत निर्यात हुँदै आएकाले नेपाली चियामा अपार सम्भावना छ ।’
बजारीकरणका लागि नेपाली चियाले अझै चुनौतीहरूको सामना गर्नुपरिरहेको बताउँदै आगामी दिनमा यी चुनौतीहरूको समाधान निकाल्दै चियाको गुणस्तरीय वृद्धि र दीर्घकालीन बजारको समस्या समाधानका लागि रणनीतिक योजनाका साथ अधि बढ्न मन्त्री अधिकारीले बोर्डलाई निर्देशन दिए ।
मन्त्री अधिकारीले चिया क्षेत्रको समग्र नेतृत्व गरिरहेको बोर्डलाई श्रोत साधन सम्पन्न बनाई, नीतिगत समस्याहरूलाई फुकाउन मन्त्रालय तयार रहेको बताए । आगामी आर्थिक वर्ष चियामा लगानी बढाउने ,नयाँ बजारको पहिचान गर्ने , चियालाई पर्यटन सँग जोड्ने र युवा तथा महिला उद्यमीलाई चियामा आकर्षित गर्ने गरी कार्यक्रम ल्याइने मन्त्री अधिकारीले जानकारी दिए ।
कार्यक्रममा बोर्डका अध्यक्ष तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले सबैको सामूहिक प्रयास मार्फत नेपालको चियाले महत्त्वपूर्ण स्थान बनाएकाले आगामी दिनमा यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न मन्त्रालयले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्याप्त वर्षा भएपछि रोपाइँ तीव्र
-
डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान
-
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण