बाटो निर्माणमा ७ लाख ७९ हजार हिनामिना, वडाअध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर

ककाठमाडौँ । सर्लाहीको धनकौल गाउँपालिकाका वडा नम्बर ६ स्थित कृषि बाटो निर्माणमा ७ लाख ७९ हजार २०५ रुपैयाँ हिनामिनाको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाअध्यक्षसहित ९ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।
अख्तियारले श्याम बाबु साहसहित धनकौल गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्ण मोहन प्रसाद साह, इन्जिनियर उपेन्द्र प्रसाद साह, सहायक पाचौ मोहम्मद रफिक, सब–इन्जिनियर शशिरन्जन कुमार सिंह, लेखापाल अभय कुमार साह र उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह र कोषाध्यक्ष सुरतीया कुमारीविरुद्ध आरोपपत्र दायर गरेको हो ।
उनीहरुले आर्थिक वर्ष २०८०/०८१ को प्राविधिक इष्टिमेट बमोजिम काम नगरी मिलेमतोमा कामभन्दा बढी खर्च देखाइ भ्रष्टाचार गरेको आरोप अख्तियारको छ ।
जनही ७ लाख ७९ हजार रुपैयाँ बिगो दाबी गर्दै अख्तियारले तीन महिनादेखि तीन वर्षसम्म कैद सजायको माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र
-
नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु
-
महको गुणस्तर वृद्धिमा जोड
-
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत