रोजगारी सिर्जनादेखि विदेशी मुद्रा आर्जन गर्दै नेपाली चिया

काठमाडौँ । सरकारले आज ‘स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ हामी २९ औँ राष्ट्रिय चिया दिवस हर्षोल्लासका साथ मनाएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा कृषि विभाग, हरिहरभवनमा आयोजना भएको राष्ट्रिय चिया दिवसको समारोह आयोजना गरिएको थियो ।
जहाँ नेपालका विभिन्न जिल्लाहरूमा उत्पादन हुने चिया एकै ठाउँमा चखाइएको छ । जसले नेपाली चियाको आन्तरिक बजार प्रवद्र्धनमा मिडिया क्षेत्रको तर्फबाट योगदान पुग्ने अपेक्षा लिइएको छ ।
बोर्डका कार्यकारी निर्देशक फाइन्द्रराज पाण्डेले चिया एउटा पेय पदार्थ मात्रै नभएर नेपालको सन्दर्भमा चिया संस्कार हो, स्वस्थ जीवन एवं समृद्ध नेपालको आधार रहेको बताए ।
चिया कृषकको बगानदेखि कपसम्म आउँदा चियाले विभिन्न चरणहरू पार गर्ने र हजारौँले रोजीरोटी कमाइरहेका उनले बताए । ‘पछिल्ला दिनहरूमा बजारीकरणको पाटोमा केही चुनौतीको सामना गर्नुपरे पनि ग्रामीण स्तरसम्म रोजगारी सिर्जना गर्नेदेखि विदेशी मुद्रा आर्जन गर्नसम्म नेपाली चियाले देशको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ,’ उनले भने ।
मुलुकको व्यापारघाटा चुलिँदो अवस्थामा चिया क्षेत्रले देशको अर्थतन्त्रमा अतुलनीय योगदान पु¥याइरहेको उनको भनाइ थियो ।
२९ औँ राष्ट्रिय चिया दिवसको उद्घाटन कार्यक्रममा मन्त्री अधिकारीले नेपाली चियाले विश्व बजारमा दरिलो उपस्थिति देखाउन सकेको दाबी गरे ।
उनले चुनौतीबिच पनि नेपाली चिया प्रमुख निर्यातजन्य बालीका रूपमा रहेको बताए । ‘यो चिया कृषक, मजदुर, उद्योगी व्यवसायी, सहकारी र सरकारको सामूहिक प्रयासबाट सम्भव भएको हो,’ उनले भने, ‘मुलुकको व्यापारघाटा चुलिँदो अवस्थामा चियामा आत्मनिर्भर मात्रै होइन, भारतसहित तेस्रो मुलुकमा समेत निर्यात हुँदै आएकाले नेपाली चियामा अपार सम्भावना छ ।’
बजारीकरणका लागि नेपाली चियाले अझै चुनौतीको सामना गर्नुपरिरहेको उनले बताए । यी चुनौती समाधान निकाल्दै चियाको गुणस्तरीय वृद्धि र दीर्घकालीन बजारको समस्या समाधानका लागि रणनीतिक योजनाका साथ अधि बढ्न मन्त्री अधिकारीले बोर्डलाई निर्देशन दिए ।
मन्त्री अधिकारीले आगामी आर्थिक वर्ष चियामा लगानी बढाउने, नयाँ बजारको पहिचान गर्ने, चियालाई पर्यटनसँग जोड्ने र युवा तथा महिला उद्यमीलाई चियामा आकर्षित गर्ने गरी कार्यक्रम ल्याइने मन्त्री अधिकारीले जानकारी दिए ।
१५ हजार कृषक, २० हजार हेक्टरमा चिया खेती
बोर्डका अनुसार २०८०÷८१ को तथ्याङ्कअनुसार नेपालमा कुल २० हजार ७६० हेक्टर जमिनमा चिया रोपन गरिएको छ भने अस अवधिमा २ करोड ७० लाख केजी तयारी चिया उत्पादन भएको छ ।
नेपालमा १५ हजार २०३ जना चिया कृषकहरू, १७१ वटा टिस्टेट र साना मझौला गरी १२० वटा चिया प्रशोधन केन्द्रहरूमार्फत करिब ६० हजार रोजगारी सिर्जना गरेको छ ।
विभिन्न चुनौतीका बाबजुत पनि चिया कृषक, मजदुर, सहकारी, उद्योगी/व्यवसायी, सरोकारवाला संघसंस्था एवं विशेष गरी निजी क्षेत्रको अथक् प्रयासका कारण नै आज नेपाली चियाले विश्व बजारमा आफ्नो दरिलो उपस्थिति एवं पहिचान देखाउन सफल भएको छ ।
भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार ०८०÷८१ मा १ करोड ६५ लाख केजी चिया निर्यात गरेर नेपालले ३ अर्ब ६३ करोड रुपैयाँ वैदेशिक मुद्रा आर्जन गरेको छ ।
२०८१÷८२ को चैत्र मसान्तसम्मको अवस्थामा नै नेपालले ३ अर्ब ५७ करोड रुपैयाँ बराबरको चिया निर्यात गरिसकेको छ । यस सिजनको पहिलो टिपाइ भर्खरै सुरु भएको हुँदा यस आवमा चिया निर्यात ४ अर्ब ५० करोडको हाराहारीमा पुग्ने अनुमान गर्न सकिन्छ ।
आगामी दिनहरूमा बोर्डले चियामा थप लगानी आकर्षण गर्दै चियालाई पर्यटनसँग जोड्ने, अर्गानिक प्रमाणीकरणमा सहयोग गर्ने र स्टार्टस् सपोर्ट प्रोग्रामअन्तर्गत युवा तथा महिला उद्यमीलाई चियामा आकर्षण गर्ने गरी कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ ।
नेपाली चियाको उत्पादन, रोपण, आयात, निर्यात सम्बन्धी पछिल्लो तथ्याङ्क
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
-
थेबेलाई दोहोर्याउने पक्षमा ओली र विद्या, युवा संघको महाधिवेशन स्थलमा नाराबाजी
-
रानीबारीमा सुन र मोबाइल चोरी
-
ललितपुरसहित देशका विभिन्न स्थानमा सवारी दुर्घटना, चार जनाको मृत्यु
-
बुहारीको हत्या गरेको अभियोगमा पक्राउ
-
झापा र इलाममा जबरजस्ती करणी, दुई जना पक्राउ