झापा र इलाममा जबरजस्ती करणी, दुई जना पक्राउ
शनिबार, १० जेठ २०८२, २० : ०२
काठमाडौँ । झापामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भद्रपुर नगरपालिका-५ बस्ने २१ वर्षीय शंकर राजवंशीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । शंकरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई कन्काई नगरपालिका-८ लक्ष्मीपुरबाट पक्राउ गरेको हो ।
यस्तै इलाममा २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम नगरपालिका-४ छयारछयारे बस्ने ३२ वर्षीय गोविन्द विष्टलाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । गोविन्दले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण