नीति तथा कार्यक्रमलाई आधार मानेर बजेट ल्याउन महराको सुझाव
सारांश
- पूर्व मुख्यमन्त्री जोखबहादुर महराले नीति तथा कार्यक्रमलाई आधार मानेर बजेट ल्याउन सुझाव दिएका छन्।
- उनले उद्योग, कृषि र जडीबुटी लगायतका क्षेत्रमा ध्यान दिनुपर्ने बताए, साथै राजनीतिक पूर्वाग्रह त्याग्न आग्रह गरे।
- उनले तीन तहका सरकारबीचको समन्वय र सहकार्य बिना संघीयता बलियो नहुने बताए, सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिए।
बुटवल । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री जोखबहादुर महराले लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई आधार मानेर बजेट ल्याउन सुझाव दिएका छन् । लुम्बिनी प्रदेशको छैटौँ अधिवेशनको आठौँ बैठकलाई आज सम्बोधन गर्दै उनले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सरकारले दरो मुटु र खुट्टा बनाउनुपर्ने बताए ।
उनले उद्योग, कृषि र जडीबुटी लगायतका क्षेत्रमा ध्यान दिएर काम गर्न जरुरी रहेको समेत बताए । प्रदेशको समृद्धि र विकासका लागि राजनीतिक आग्रह–पूर्वाग्रह त्यागेर अघि बढ्न जरुरी रहेको र त्यसका लागि सरकारले वातावरण बनाउनुपर्ने उनले बताए ।
तीन तहको सरकारबिच समन्वय र सहकार्य विना सङ्घीयतालाई बलियो बनाउन नसकिने भन्दै आपसी सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी रहेको समेत उनले बताए । ‘तीन तहको सरकारबिच समन्वय नहुने हो भने रिजल्ट देखिँदैन । त्यसैले सहकार्यको वातावरण बनाउन जरुरी छ’ उनले भने । प्रदेशसभा बैठकमा अन्य सांसदहरू बोल्ने क्रम जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण