मोटरसाइकल चोरीमा संलग्न व्यक्ति पक्राउ
शनिबार, १० जेठ २०८२, १९ : ५८

भक्तपुर । मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा मध्यपुर थिमी नगरपालिका-८ बस्ने २७ वर्षीय गुर्जु भन्ने निरोज बज्राचार्यलाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले सूर्यविनायक नगरपालिका-४ गाम्चास्थित सडकबाट उनलाई बागमती प्रदेश ०२-०२० प ३९५५ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त मोटरसाइकल काठमाडौँ महानगरपालिका-९ सिनामंगलबाट जेठ २ गते दिउसो चोरी भएको खुल्न आएको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त गौशाला काठमाडौँ पठाइएको छ ।