यो वर्ष वास्तविक धरातलमा आधारित बजेट निर्माण गरिन्छ : मुख्यमन्त्री आचार्य
सारांश
- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको बजेट वास्तविक धरातलमा आधारित हुने बताए।
- मुख्यमन्त्रीका अनुसार, नयाँ योजनाको सट्टा अधुरा योजनाहरू सम्पन्न गर्न बजेट केन्द्रित हुनेछ।
- प्रदेश सरकारले राजस्वमा वृद्धि गरेको र सांसदहरूले उत्पादनमूलक क्षेत्रमा बजेटको प्राथमिकता दिन सुझाव दिए।
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको कामलाई लयमा अघि बढाउने गरी वास्तविक धरातलमा आधारित बजेट निर्माण गरिने बताएका छन् ।
आगामी आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धमा शनिबार दाङमा प्रदेशसभा सांसदहरुसँगको छलफलका क्रममा मुख्यमन्त्री आचार्यले अहिलेकै अवस्थामा बजेट वृद्धि हुने सम्भावना नरहेको भन्दै प्रदेश सरकारको कामलाई लयमा अघि बढाउने गरी वास्तविक धरातलमा आधारित बजेट निर्माण गरिने बताएका हुन् ।
उनले वर्षको बजेटमा नयाँ योजना भन्दा अधुरा योजनाहरू सम्पन्न गर्ने विषयलाई प्राथमिकतामा राखिने स्पष्ट पारे । उनले गत वर्षको तुलनामा यस वर्ष प्रदेशको राजस्वमा आशाजनक वृद्धि भएको र सुधारको अवस्थामा रहेको उल्लेख गरे ।
कार्यक्रममा प्रदेशसभा सांसदहरूले उत्पादनमूलक उद्योग र कृषि उत्पादन वृद्धि, सामाजिक दृष्टिले प्रभाव पार्ने खानेपानी सुविधा, सरसफाइ लगायतमा बजेटले प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण