सहकारी अपचलनमा संलग्नलाई छुट दिइँदैन : मुख्यमन्त्री कार्की

समाचार सारांश
- मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहकारी अपचलनमा संलग्नलाई कारबाही गर्ने बताए।
- उनले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई दबाबमा नपरी काम गर्न निर्देशन दिए।
- मन्त्री कार्कीले सदस्यको पैसा अपचलन गर्नेलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको बताए।
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहकारी अपचलनमा संलग्नलाई कुनै पनि बहानामा छुट नदिने बताएका छन् । उनले सहकारी अपचलनमा संलग्नलाई निर्ममताका साथ कानुनी कारबाहीमा ल्याइने स्पष्ट पारे ।
विराटनगरमा आज आयोजित ‘सहकारी ऐन र कार्यान्वयनका चुनौती’ विषयक कार्यक्रममा बोल्दै उनले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई कुनै दबाब वा प्रभावमा नपरी काम गर्न निर्देशन समेत दिए ।
मुख्यमन्त्री कार्कीले सहकारीका सदस्यको पैसा अपचलन गर्नेहरूमाथि कडा कदम चाल्न सरकार तयार बताउँदै भने, ‘सिद्धान्तभन्दा बाहिर गई सञ्चालन भएका सहकारीहरू एक न एक दिन समस्यामा पर्छन् ।’ थोरै थोरै बचत गरेर धेरै बनाउला भन्ने सर्वसाधारण अहिले सडकमा रहेको भन्दै उनले तिनलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको बताए ।
प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालय समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयको आयोजनामा भएको कार्यक्रममा आर्थिक मामिला मन्त्री राम रानाले सदस्यको नियमनमा चल्ने सहकारीलाई सदस्यहरूले नै नियमन गर्न नसकेको बताए । उनले समितिलाई काम गर्न सहज बनाउनका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
त्यसैगरी कार्यक्रममा उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले सहरका सहकारीमा बढी समस्या देखिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : सकसमा गृहमन्त्री, मधेसमा कांग्रेसको आँखा
-
हजुरबुबा ज्ञानेन्द्रसँगै किन नारायणहिटी पुगे हृदयेन्द्र शाह ?
-
तीनै तहको अदालतबाट मुद्दा जिते पनि घरमा बस्न नपाएपछि गुहारे गृहमन्त्री
-
श्रेयस र स्टोइनिसको विस्फोटक ब्याटिङ, दिल्लीसामु २ सय ७ रनको लक्ष्य
-
एमालेका सबै जिल्ला कमिटीको अधिवेशन सम्पन्न
-
सर्वोच्चको निर्णय मान्छौँ, पार्टी सभापति रवि नै हुन् : उपसभापति वाग्ले