राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
सोमबार, २८ जेठ २०७५, १३ : ४०
काठमाडौं– गुण्डा नाइके अशोक लामामाथि प्रहरीले काठमाडौंको युएन पार्कमा गोली प्रहार गरेको छ । महानगरीय अपराध महाशाखाबाट रेगुलर सर्च अप्रेशनमा खटिएको प्रहरी टोलीमाथी आक्रमण प्रयास गरेपछि लामामाथि गोली प्रहार गरिएकोम अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले रातोपाटीलाई बताए ।
सातदोबाटोलाई आधार मानेर गुण्डागर्दी गर्दै आएका लामाको साथबाट एक थान पेस्तोले र दुई राउण्ड गोली प्रहरीले बरामद गरेको छ । उनको दायाँ खुट्टाको माथिल्लो भागमा एक राउण्ड गोली लागेको एसएसपी सिंहले बताएका छन् ।
उनलाई प्रहरीले उपचारका लागि वीर अस्पताल पुर्याएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण