क्यानडामा मतगणना जारी, मार्क कार्नीको लिबरल पार्टीले जित्ने संकेत
ओटावा । क्यानडामा भएको आम निर्वाचनमा त्यहाँको लिबरल पार्टीले बहुमत पाउने संकेत देखिएको सरकारी टिभी च्यानल सीबीसी न्यूजले उल्लेख गरेको छ । ३४३ सिट भएको संसदमा पार्टीले पूर्ण बहुमत पाउने कि नपाउने भन्ने कुरा स्पष्ट चाहिँ नभएको बताइएको छ ।
नतिजासँगै लिबरल पार्टीको मुख्यालयमा समर्थकहरूमाझ धेरै उत्साह छ । ‘यो क्यानडाको इतिहासमा सबैभन्दा ठुलो पुनरागमन हो, क्यानडालाई आवश्यक परेको बेला कार्नी अगाडि आउनु निकै महत्त्वपूर्ण कुरा हो,’ सीबीसीको रुझानपछि पार्टीका एक समर्थकले भने ।
सीबीसीका अनुसार मार्क कार्नीको पार्टीले पूर्ण बहुमत नपाए पनि क्यानडामा सरकार बनाउन पर्याप्त सिट जित्न सक्छ । क्यानडाको राजनीतिमा लिबरल पार्टी विगत केही महिनादेखि धेरै दबाबमा छ ।
जस्टिन ट्रुडोले बीचैमा राजीनामा दिनुपर्यो भने केही महिना अघिसम्म लगभग समाप्त भएको ठानिएको पार्टी अब चौथो पटक सत्तामा आउने सम्भावना छ । लिबरल पार्टीको जितमा डोनाल्ड ट्रम्पको नीतिले पनि भूमिका खेलेको बीबीसीका संवाददाता एन्थनी जर्करको विश्लेषण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल इन्जिनियरिङ परिषद्को रजिष्ट्रार नियुक्तिका लागि १४ जना उम्मेदवारको सर्टलिस्टमा
-
अव्यवस्थित बसोबासी र भूमिहीनको अधिकारका लागि महाअभियानको विरोध प्रदर्शन
-
चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
-
दीपक भट्ट, शङ्करलाल अग्रवालसहितका प्रतिवादीको बयान सुरु
-
दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमाथि आक्रमण, ५ जना सैनिकको मृत्यु
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण