जन्मदिनमा वाईसीएल इन्चार्ज दीपशिखाद्वारा ज्येष्ठ नागरिकलाई सहयोग
भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले आफ्नो जन्मदिनमा मानव कल्याण समाज (सेवाघर)मा आश्रितहरुलाई सहयोग गरेका छन् । उनीहरूलाई खाद्यान्न सहयोगसहित बेलुकाको भोजन खुवाउँदै सापकोटाले सोमबार आफ्नो जन्मदिन मनाएका हुन् ।
भक्तपुरको मध्यपुर थिमि-३ का स्थायीबासी दीपशिखा र उनकी पत्नी गाेमा आलेले भक्तपुरकै चाँगुनारायण-३ मा झौखेलमा रहेको सेवाघरमा पुगी उनीहरूसँग आफ्नो जन्मदिन मनाएका सेवाघरकी सञ्चालक सुमी मानवले बताइन् । सडकबाट उद्धार गरी सेवाघरका रहेका ज्येष्ठ नागरिकलाई बेलुकाको मिष्टान्न भोजन गराएका सापकोटा दम्पतीले थप खाद्यान्न सामग्रीहरू सहयोगस्वरुप हस्तान्तरण गरेका उनले जनाएकी छन् ।
सो अवसरमा स्थानीय समेत रहेका नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश समिति सदस्य रामशरण दाहाल, चाँगुनारायण उपाध्यक्ष सुमन दाहाल, सेवाघरका अभिभावक एवम् वाईसीएल भक्तपुरका इन्चार्ज नरेश रञ्जित, वाईसीएलका नेताहरू वेदप्रसाद खरेल, राजु कुटु , रोशन बासुकला, सरराज उप्रेती, सुरेन्द्र सुवाल र जानुकी श्रेष्ठ लगायतकोसमेत उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण