‘बायोकम नेपाल’ले भन्यो– उद्योग बन्द भएको छैन
काठमाडौँ । ‘बायोकम नेपाल’ले रातोपाटीमा वैशाख १२ गते शुक्रबार प्रकाशित ‘सिमरा सेजमा सञ्चालन भएको उद्योग ३ सातामै बन्द’ शीर्षक समाचारप्रति आपत्ति जनाएको छ ।
विशेष आर्थिक क्षेत्र प्राधिकरण ‘सिमरा सेज’ मा सञ्चालन भएको तीन सातामै उद्योग बन्द भएको भनेर प्रकाशित समाचारमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै ‘बायोकम नेपाल’ले उद्योग बन्द नभएको दाबी गरेको छ ।
बायोकम नेपालसँग सोधपुछ नै नगरी समाचार तयार पारिएको भन्दै सीईओ मार्टिन निजोफद्वारा जारी विज्ञप्तिमा आफ्नो उद्योग पूर्ण रूपमा सञ्चालन भइरहेको र दिगो फोहोर व्यवस्थापन तथा प्लास्टिक रिसाइकल गरी उत्पादनलाई निरन्तरता दिइने प्रस्ट पारिएको छ ।
खुला सञ्चार र पारदर्शितालाई आफूहरूले सम्मान गर्ने भन्दै ‘बायोकम नेपाल’ले एक पक्षीय समाचारले पाठकलाई भ्रमित पार्नुका साथै वातावरणीय क्षेत्रमा अथक रूपमा काम गर्ने संस्थाहरूको प्रयासलाई पनि कमजोर पार्नेतर्फ ध्यानाकर्षण गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान
-
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण