भारतको पहलगाममा भएको आक्रमण विरुद्ध जनकपुरमा प्रदर्शन
काठमाडौँ । भारत जम्मुकाश्मिरको पहलगाम भएको आक्रमणविरुद्ध मंगलबार जनकपुरमा प्रदर्शन गरिएको छ ।
सहिद संजय चौधरी स्मृति प्रतिष्ठान र नेपाल–भारत खुला सीमा संवाद समूहले जनकपुरमा संयुक्त रूपमा प्रदर्शन गरेका हुन् ।
वैशाख ९ गते पहलगाममा भएको आतकंकारी आक्रमणमा परेर एक नेपालीसहित २८ जनाको ज्यान गएको थियो ।
हलगाममा भएको आक्रमण निन्दनीय छ, यसले विश्वका हिन्दुमाथि प्रहार गरेको भन्दै प्रतिष्ठानका संरक्षक संजय यादवले आतंकवादीहरुले नाम र जात सोधेर हत्या गरेका छन्, हिन्दुलाई छानीछानी मारेको कारण धार्मिक हिंसा भड्काउन चाहेको बताए ।
भारतको यस दुखको घडीमा नेपाल साथ उभिएको छ, नेपाली जनताले पनि भारतको साथमा रहेको बताउदै उनले यसमा एक जना नेपालीको पनि ज्यान गएको भारतले उसको परिवारलाई सम्मान दिएको र अगामी दिनमा पनि सम्मान दिनेमा आफूहरु विश्वस्त रहेको बताए ।
जम्मू–कश्मीरमा सन् २०१९ को पुलवामा आक्रमणपछि यो सबैभन्दा ठूलो आक्रमण हो । त्यसबेला सीआरपीएफका ४० जवान मारिएका थिए ।
पहलगाममा भएको आक्रमण पाकिस्तानले गराएको भारतको दावी छ । तर भारतले त्यसलाई स्वीकार गरेको छैन ।
सो आक्रमणलाई भारतले निकै गम्भीर रुपमा लिएको छ । पाकिस्तानसँग हरेक प्रकारको सम्बन्ध तोडेको छ भने पाकिस्तानले पनि भारतका धेरै कुरामा रोक लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण