सन्दीप लामिछाने नेतृत्वको नेपाल रातोको सहज जित
काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिताको आफ्नो आगामी खेलका लागि टोली चयन गर्नुअघि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको आन्तरिक प्रतियोगिता अन्तर्गत मङ्गलबार खेलिएको खेलमा नेपाल रातोले नेपाल पहेँलो टोलीलाई आठ विकेटले हराएको छ ।
काठमाडौँको मुलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपाल पहेँलोले निर्धारित ४७ मध्ये ४०.१ ओभरमै अलआउट हुनुअघि एक सय ५८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपाल रातोले २९.४ ओभरमा केवल दुई विकेट गुमाएर एक सय ६२ रन बनाउँदै विजय लक्ष्य पार गर्यो ।
नेपाल रातोको जितमा अर्जुन साउदले अविजित ८६ रनको योगदान गरे । ओपनर ब्याट्सम्यान अर्जुनले ९६ बलको सामना गरी एक छक्का र १२ चौका पनि प्रहार गरे । शुभ कंसाकारले पनि १८ बलमा एक छक्का र पाँच चौकाको मद्दतले ३० रन बनाए ।
ओपनर ब्याट्सम्यान तृतराज दासले पनि टोलीका लागि २९ रनको योगदान गरे । उनले ४४ बलमा एक छक्का र चार चौका हिर्काए । नेपाल पहेँलोका बलर अविनाश बोहरा र अजय चौहानले एक–एक विकेट हात पारे ।
त्यसअघि, पहिले ब्याटिङ गरेको नेपाल पहेँलोका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ९० रन बनाएका थिए । उनले एक सय आठ बलको सामना गरी ११ वटा चौका पनि हिर्काए । रुपेश कुमार सिंहले १६ रन बनाए ।
नेपाल पहेँलोका अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपाल पहेँलोले अतिरिक्त रूपमा पनि २० रन पाएको थियो । नेपाल रातोका बलर नन्दन कुमार यादवले तीन र प्रतिस जिसीले दुई विकेट लिए ।
क्यानले लिग–२ प्रतियोगिताका प्रशिक्षणमा रहेका खेलाडीहरूलाई नै सहभागी गराएर आन्तरिक प्रतियोगिता आयोजना गरेको हो । आन्तरिक प्रतियोगिताका लागि खेलाडीहरूलाई चार वटा टोलीमा विभाजन गरिएको छ ।
टोलीको नाम नेपाल ब्लु (निलो), नेपाल ग्रिन (हरियो), नेपाल रेड (रातो) र नेपाल यलो (पहेँलो) राखिएको छ । चार वटै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण