७५ लागेँ मदनकृष्ण, ‘मह’ पुग्यो ४५ वर्ष
काठमाडौँ । नेपाली कला क्षेत्रका वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ ७४ पुरा गरेर ७५ वर्ष लागेका छन् । उनले आज परेको आफ्नो जन्मदिन विभिन्न कार्यक्रममा सहभागी भएर मनाउँदै छन् ।
उनको जन्मदिनको अवसर पारेर बुधबार कीर्तिपुरमा एक रक्तदान कार्यक्रम आयोजना गरिएको छ । जसमा उनी अभिनय सहकर्मी हरिवंश आचार्यसँग सहभागी जनाएका छन् ।
आजैका दिन ‘मह’ अर्थात हरिवंश र मदनकृष्णको सहकार्य भएको हो । दुवैको सहकार्य आजबाट ४५ वर्ष पुगेको छ । दुवैको अवसर पारेर कीर्तिपुरमा रक्तदान कार्यक्रम आयोजना भएको हो ।
‘मह’ले जोडीका रूपमा नेपाल राष्ट्र बैङ्कको वार्षिक उत्सवमा पहिलो कार्यक्रम देखाएका थिए । यो कार्यक्रममा स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाह र उनकी पत्नी ऐश्वर्या मुख्य अतिथिको रूपमा सहभागी थिए ।
श्रेष्ठ आजै मध्यान्न ४ बजे पाठशाला नेपालको एक कार्यक्रममा सहभागी हुँदै छन् । उक्त कार्यक्रममा छोरा यमन श्रेष्ठसँगको सहकार्यमा तयार भएको गीत ‘मनमा पापको ‘प’ पनि’ सार्वजनिक हुँदै छ । कार्यक्रममा उनले जन्मदिनको केक काट्ने वा नकाट्ने केही जानकारी दिएनन् ।
गते अनुसार श्रेष्ठको जन्मदिन वैशाख ७ हो । तर उनी तारिक अनुसार अप्रिल १९ (तिथी अनुसार अक्षय त्रितिया)को दिन मनाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण